प्रविधि

‘फेसएप’ मै मोज लुटिरहनुभएको छ? सावधान!

एक्कासी बुढो हुने रहर

काठमाडौँ । अन्य समयमा उमेर लुकाउने, फुलेको कपाल छ भने कालो लगाउने, लुगा तन्नेरीखालको लगाउने हाम्रो समाजमा विगत केही समयबाट एक्कासी बुढो हुने रहर पलाएको छ । त्यैपनि अनुहार मात्र ।

हो फेसएपको माध्यमबाट बुढो हुने रहर हामीलाई अहिले पलाएको छ । केही समयबाट नेपाली बजारमा पनि फेसएपको प्रयोग गर्दै तन्नेरी मान्छे बुढो भएको तस्विरहरु सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् । एकै व्यक्तिले पनि यसको धेरैपटक प्रयोग गर्दै पोष्ट गर्दैछन् । 

तर तपाईंलाई थाहा छ? फेसएपको माध्ययमले तपाईंका सूचनाहरु चुहिएकाे आशंका गरिएको छ । फेसएपको प्रयोगले आफ्ना निजी सूचना भने सुरक्षित नहुने खुलासा भएको हो ।

२०१७ जनवरी २ मा रसियन कम्पनी वायरलेस ल्यावले बनाएको यो एपले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट केहि सेकेन्डमै तस्बिरलाई बृद्ध बनाउँछ । यो मोवाइल एप्लिकेसन आइओएस र एन्ड्रोइड भर्सनमा उपलब्ध छ । धेरैले आफ्नो तस्बीर रमाइलो मानेर पोस्ट गरेको देखिन्छ । यसका संस्थापक कार्यकारी अधिकृत यारोस्लेभ गोन्चारोभ हुन् ।

फेस एपकै विषयमा डेलि मेलले विश्लेषकको कोड उदृत गर्दै चेतावनी दिएको छ । यसले तपाईंको तस्विरबाट सबै कुरामा पहुँच पुर्याउने उल्लेख गरेकाे छ ।

के छ फेसएपमा?

  • फेसएपले तपाईंको अनुहार बदल्दै बुढो व्यक्तिको रूपमा हेर्नको लागि वृद्धि गर्छ ।
  • यसले तपाईंको ग्यालेरीमा तस्वीर सम्पादन गर्न र यसलाई परिवर्तन गर्न कृत्रिम दिमागको प्रयोग गर्दछ ।
  • विशेषज्ञहरू यो कुरामा चिन्तित छन् कि यसले तपाईंको क्यामेराबाट तस्बिरहरूमा तपाईंको अनुमतिबिना पहुँच गर्न र भण्डारण गर्दछ भनेर ।
  • तर मानिसहरू फेसएपलाई तपाईंका कुनै पनि छविहरू प्रयोग गर्न, परिमार्जन गर्न, अनुकूलन गर्न र प्रकाशन गर्न दिइरहनुभएको छ जुन तपाईंले यसको एआइभीको विनिमयमा प्रस्ताव गर्दछन्, सेवाका सर्तहरू भन्छन् ।
  • अनुप्रयोगले तपाईंको पुस्तकालयबाट फोटाहरू प्रयोग गर्न सक्छ वा तपार्इं एपभित्र फोटो फोटो खिच्न सक्नुहुन्छ ।
  • निःशुल्क सेवाले तपाईंको फोन ग्यालेरीमा तस्वीर सम्पादन गर्न कृत्रिम बुद्धिको प्रयोग गर्दछ र तपाईंको उमेर ट्रिपल गर्दछ ।
  • यसले तपाईंको कपालको रंग परिवर्तन पनि गर्न सक्छ, सोही अनुसार तपाईंका दाँत र अनुहार परिवर्तन गर्दछ । 

तर यहि साता यस एपको बारेमा अधिक ट्विटहरु आएका छन् । धेरैले एपको प्रयोगलाई लिएर सावधानीको भाषा प्रयोग गरेका छन् । जोउशा नोज्जीले गरेको ट्वीटमा फेसएपले बिना अनुमति नै मोबाइलमा रहेका सबै तस्बीरमा आफ्नो पहुँच बनाउने र ति सबै तस्बीर केहि सेकेन्ड मै आफ्नो सर्भरमा तान्ने उल्लेख गरेका छन् । यस्तै यूकेका एक रणनीतिकर्ता जेम्स जोली, दाइतस भन्छन्, ‘अनुप्रयोगको सर्तहरूले अनुहारलाई परिमार्जन गर्न, अनुकूलन गर्न र प्रकाशित गर्न दिन्छ जुन तपाइँले यसको ए।ए।को विनिमयमा प्रदान गर्ने छविहरू प्रकाशित गर्दछ । यो खतराको संकेत हो ।’

यसो त चर्चित म्यागजिन फोर्ब्समा थोमस ब्रेवेष्टरले यस विषयमा रिपोर्ट लेख्दै फेसएप असुरक्षित रहेको र यसले व्यक्तिका निजि सूचना संकलन गर्नसक्ने उल्लेख गरेका छन् । अनुसन्धानका क्रममा फेस एपका ओसर्भर अमेरिका र अस्ट्रेलियामा भएपनि रसियाबाट सजिलै सम्पूर्ण सूचनामा नियन्त्रण गरिएको पाइएको रिपोर्टमा उल्लेख पनि गरिएको छ ।

एक पटक एप डाउनलोड गरेपछि यसले स्थानदेखि सबै गतिविधि नियाल्न सकिने हुँदा एपमार्फत यस्ता सूचना संकलन भइरहेको धरैको आशंका छ । 

तर प्रविधि विश्लेषक हरुले यस एपले लिने सूचनाका बारेमा थप अनुसन्धान गरिरहेको बताएका छन् । साथै उनीहरुले फेसएप अहिलेलाई डिलिट गर्न या प्रयोग गरे पनि उसलाई के का लागि अनुमति दिने हो, प्राइभेसी सेटिंगमा गएर त्यो मात्र दिन सल्लाह दिएका छन् ।       
 

गाउँ सहर डेस्क

तपाईँको मत