विश्व

राहुल गान्धीद्वारा कांग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा, सुधार होला आगामी दिन?

नयाँ दिल्ली । भारतको मुख्य विपक्षी दल कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् ।

लाेकसभाकाे चुनाबबाटै चुलिएकाे पदिय किचलाेलाई मध्येनजर गर्दै हप्तौंको अड्कलबाजीपछि उनको यस्तो निर्णय आएको बीबीसीले बताएकाे छ । 

आफ्नो राजीनामा पत्रमा उनले हालैको लोकसभा चुनावमा भएको पार्टीको हारको जिम्मेवारी लिएका छन् ।

उनले आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल ट्वीटरमा समेत राखेका छन् ।

उनले उक्त पत्रमा अरूको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन आवश्यक रहेको बताएका छन् ।

उनले राजीनामा दिने आफ्नो मनसाय यसअघि नै घोषणा गरेका थिए । तर पार्टी नेताहरूले भने उनले आफ्नो मनस्थिति बदल्ने आशा गरेका थिए ।

गान्धीका पिता, हजुरआमा र जिजुबुवा सबै भारतका पूर्व प्रधानमन्त्री थिए ।

आफ्नो राजीनामा पत्रमा उनले सत्तारुढ भारतीय जनता पार्टी बिजेपीप्रति आफ्नो कुनै "द्वेष वा रिस" नरहेको बताए पनि उनले भारतको बारेमा उक्त पार्टीको विचारको आफ्नो शरीरको प्रत्येक कोषले विरोध गर्ने बताए। र, त्यस्तो विचार द्वेष र मतभेदमा आधारित रहेको पनि उनले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको बिजेपी पार्टी हालैको चुनावमा भारी मतका साथ विजयी भएको थियो । 

 

 

गाउँ सहर डेस्क

तपाईँको मत