प्रेरणा

‘आचरण’ सबैभन्दा सुन्दर

काठमाडौँ । भगवान श्रीराम आफ्नो १४ वर्षे वनवास पछि चित्रकुटमा थिए । एकदिन भगवान राम एवं सीता कुटिको बाहिर बसेका थिए । लक्ष्मण उनीहरुको चरणमा बसेका थिए । त्यसैबेला श्रीरामले भने, ‘लक्ष्मण मेरो र सीताको बीचमा झगडा भएको छ । यसकारण तिमी न्याय गर ।’

लक्ष्मणलाई अफ्ट्यारो भयो र ढिलो गरि माने । श्रीरामले भने, ‘म भन्छु मेरो चरण सुन्दर छ तर सीता उनको भन्छिन् । अब तिमी दुबैको चरण पूजा गर्छौ, तिमी नै निर्णय गर कि कसको सुन्दर छ ।’

लक्ष्मणले भने, ‘तपाईंले मलाई धर्म संकटमा नपार्नुहोस् । यसमा श्रीरामले सम्झए र भने — तिमी बैरागी हौ? निर्भय भएर भन कि कसको सुन्दर छ ।

रामको चरणलाई हेर्दै लक्ष्मणले भने कि माता, यो चरणभन्दा तपाईंको चरण सुन्दर छन् । यति भनेपछि लक्ष्मण चुप लागे र माता सीता खुसी भइन् ।

फेरी लक्ष्मणले भने, ‘माता धेरै खुसी नहुनु होला । भगवान रामको चरण छ र त तपाईंको चरणको मूल्य छ । उनको चरण नभएको भए तपाईंको चरण सुन्दर हुँदैनथियो ।’ त्यसपछि श्रीराम खुसी भए । यतिमात्र होइन, लक्ष्मण फेरि भने कि तपाईं दुबै खुसी हुने आवश्यकता छैन । तपाईंहरुको चरणको अलावा एक चरण छ जसको कारण तपाईंहरुको चरणको पूजा हुने गर्दछ । त्यो हो आचरण ।

लक्ष्मणले भने, ‘आचरणको कुनै मूल्य हुँदैन । महाराज, तपाईंका चरण सुन्दर छन त्यसको कारण हो तपाईंका महान आचरण । व्यक्तिको आचरण राम्रो भए उसको तन र मन दुबै सुन्दर हुन्छ । उ संसारमा आफ्नो नामको छाप छाड्ने गर्दछ । मनमा प्रेम, त्याग, धर्म र माफी गर्ने भावना हुनुपर्छ । उसको सुन्दरताको अगाडि कोहीपनि टिक्न सक्दैन ।’
 

गाउँ सहर डेस्क

तपाईँको मत