जीवनशैली

सपनामा विश्वास गर्नुहुन्छ? ‘यो देख्नुभयो भने सम्झनुहोस करोडपति हुन लाग्नुभएको छ तपाईं!’

The Swaddle

काठमाडाैँ । ज्योतिष शास्त्रले गहिरो निन्द्रामा देखिएको सपनाले ठूलो सन्देश दिने बताएको छ । यस्तो सपनाले भविश्यमा अथाह धन मिल्ने सूचना दिने गर्दछ । केही सपना यीमध्ये दुखद पनि हुनसक्छ । सपनामा विचार गरेको समय अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । यदी सपना ब्रम्हमुहूर्तमा देखियो भने यस्तो सपना देखिएको साता दिन भित्र नै साँचो हुने गर्दछ तर यो भन्दा पहिलेको सपनाको फल मिल्न भने एक महिना लाग्ने गर्दछ । आधा रातभन्दा पहिले देखिएको सपना कम साँचो हुन्छ । जान्नुहोस सपना र त्यसको फल ।

सपनामा शिशु हिँडेको देख्नु अथवा फलको दाना देखेमा चाँडै धन प्राप्त हुने संकेत हो । सपनामा कोही स्त्री कुनै पुरुष वा कोही पुरुष कुनै स्त्रीसँग संभोग गरेको देखिएमा चाँडै धनराशि प्राप्त हुने संकेत हो । ज्योतिषका अनुसार यस्ता व्यक्तिको निकट भविश्यमा चिठ्ठा पनि पर्न सक्छ ।

विहानको समयमा देखिने सपनाबाट धनको हानी हुनेछ । आकाशमा विजुली चम्किएको देखिएमा व्यापारमा धेरै सफलताको संकेत हो । यस्तै कुनै कन्याको विदाई समारोह, मासु देखिएमा या आफैँलाई पन्जा लगाएको देखियो भने करोडपति बन्ने योग हुनेछ । खेतमा गहुँको बाली पाकेको देखिए पनि सौभाग्य वृद्धि ल्याउने छ । तर सपनामा कुनै धन उधारो दिएको, दियो जलाएको देखिएमा या गाईले गोब्र्याउँदै गरेको देखिएको धनको प्राप्ति हुनेछ । हराभरा जंगल देखियो या फूलले भरिएको भाँडो पनि शुभ मानिन्छ ।

सपनामा कुनै ढोका बन्द भएको देखिनु या कोही आफ्नो कोठाबाट बाहिर निस्केर ढोका बन्द गरेको सपना देखिएमा सम्झनुहोस् तपाईंको धन बाहिर जानेवाला छ । सपनामा खच्चर देखिनु पनि धनहानी हुने योग हुन्छ । यस्तै सानो जुत्ता लगाउनु या यस्तो सपना तपाईंको खुट्टामा जूत्ता आइरहेको छैन भने त्यसले कुनै स्त्रीसँग झगडा भएपछि आर्थिक नोक्सानी हुने संकेत दिन्छ ।

यो आलेखमा दिइएको जानकारीमा हाम्रो कुनै दावी छैन कि पूर्णतया सत्य एवं सटीक छ तथा यसलाई अपनाएर अपेक्षित परिणाम मिल्नेछ । यसलाई सामान्य जनरुचिलाई ध्यानमा राखेर प्रस्तुत गरेका छौँ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत