स्वास्थ्य

दिउँसाे पनि निद्राले झुपु-झुपु हुनुहुन्छ ? दिउँसो धेरै निद्रा लाग्नु स्वास्थ्य समस्या

धेरै मानिसलाई  खाना खाएपछि निद्रा लाग्ने  गर्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने रुटिन नै  तयार पारेका हुन्छन् ।  यद्यपि, बेलुकासमेत खानेबित्तिकै नसुत्न डाक्टरले सल्लाह दिने गर्छन् । किनभने, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खानालगत्तै निद्रा लाग्ने कारणबारे भने निकै कमलाई जानकारी हुन सक्छ । 

रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जसलाई दिउँसो धेरै निद्रा लाग्ने गर्छ । हामी सबैले महसुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोस् दिउँसो एक पटक निद्रा लागेर आउँछ।

वैज्ञानिकहरुका अनुसार दिउँसो मध्यान्हमा मानिसको सरीरमा उर्जाको मात्रा कम हुने गर्छ । उर्जाको मात्रा कम हुनुले नै मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउँसो केहीबेर सुत्नु नराम्रो होइन । तर यदि दिउँसो निकै धेरै निन्द्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा कारण हो । त्यसैले दिउँसो धेरै निद्रा लाग्ने समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन् ।

यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निद्रा नपरेकोले हुनसक्छ वा निद्रा बिथोलिएकाले पनि हुनसक्छ । अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निन्द्रा नपर्दा दिउसो निद्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।

दिउसो बढि निद्रा लाग्नुको अर्को कारण तपाइँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निन्द्राका लागि जिम्मेवार हुन्छन् । खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन् ।

दिउसो पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निद्रा आउन सक्छ । यसले जोर्नी दुख्ने लगायतका समस्या पनि थपिदिन सक्छ ।

तपाइँलाई दिउसो निकै निद्रा आउँछ र माथि उल्लेखित कारणहरु मध्ये कुनै कारण तपाइँको सन्दर्भमा मेल खान्छ भने तपाइँले धेरै ठूलो चिन्ता लिनु परेन ।

सामान्य जिवनशैली तथा आनिवानीमा सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने दिउसोमा बढि निद्रा लाग्ने समस्या हट्छ । तर दिउसोमा निकै धेरै अल्छी लाग्छ र माथि उल्लेखित कारणहरु मेल खाँदैनन् भने गम्भीर हुनुहोस् । यसको अर्थ तपाइँको मानसिक वा शारीरिक स्वास्थ्यमा केही खराबी छ भन्ने हो । त्यसैले चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।

अब यसकारण लाग्छ खाना खाने बितिकै निद्राः

- खाना खाएपछि आरमसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । यसको साटो केही समय टहलिने वा क्रियाशील रहने गर्नुपर्छ । 

- प्रत्येक दिन मानिसलाई खानालगत्तै निद्रा नलाग्न पनि सक्छ । तर, वास्तविकता के हो भने प्रायःलाई खाना खाएपछि निद्रा लाग्ने गर्छ । सामान्य भाषामा यस्तो बानीलाई ‘फुड कोमा’ भन्ने गरिन्छ । यसका थुप्रै कारण छन् । 

- अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको सेवनपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । र, यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ ।

- यसबाट बच्न खानाको मात्रामा पनि ध्यान पु(याउनुपर्छ । एकैपटक ठूलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा प्रयोग गर्दा राम्रो हुन्छ ।

- यसका लागि डाइट पनि सन्तुलित मात्रामा लिँदा राम्रो हुन्छ । जसमा काब्र्सको मात्रा कम र पोषण तत्वको मात्रा बढी हुन जरुरी हुन्छ ।

- यसो गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ ।

- विज्ञ भन्ने गर्छन् कि फुड कोमाबाट बच्न खानाको प्याटर्नबारे जानकारी राख्न जरुरी हुन्छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत