प्रेरणा

‘महाभारतको त्यो पात्र जसले युद्धमा पाला बदलेका थिए’

फाेटाेः वैधिकफिड

काठमाडौँ । हिन्दु धर्मको महाभारत जताततै पठनीय र प्रशंसनीय मानिन्छ । महाभारतको युद्ध प्रेरक कथाले भरिएको छ । साथै यसमा कयौँ यस्ता कथा छन जुन सुनेर हैरान पनि भइन्छ । 

महाभारतको पात्रहरुका चर्चा पनि सामान्यतयाः सबै मानिसहरु गर्दछन् । तर यसमा केही यस्ता पात्रहरु छन जसको बारेमा मानिसहरुलाई त्यति थाहा छैन ।

शल्यः पाण्डवका मामा थिए शल्य । तर उनी युद्धमा पाण्डवका तर्फबाट नभएर कैरवको पक्षबाट लडाइँ लडेका थिए । उनकै कारण पाण्डवलाई फाइदा भयो । कुरा यो थियो कि जब शल्यले हस्तिनापुर राज्यमा प्रवेश गरे तब दुर्योधनले उनको स्वागत गरे । त्यसपछि दुर्योधनले शल्यलाई भावनात्मक रुपबाट आफ्नो पक्षमा गरेर उनीसँग वचन लिए । त्यो बेला शल्यले पनि शर्त राखे कि ‘जो दुर्योधन बोल्नेछन त्यो उनी गर्नेछन्, तर बोली उनको नै अधिकार हुनेछ ।’

दुर्योधनलाई शल्यको शर्त कुनै ठूलो नजर आएन । यसकारण उनले यो कुरामा ध्यान दिएनन् । तर शल्यले यसको भरपुर उपयोग गरे । युद्धमा शल्यलाई कर्णको सारथी बनाए । सारथी बनेपछि युद्धको समयमा शल्यले कर्णलाई हतोत्साहित गर्नु थियो । यतिमात्र होइन उनले युद्ध समाप्त भएपछि पनि प्रतिदिन कौरवलाई पनि हतोत्साहित गर्ने काम गर्दथे ।

युयुत्सुः युयुत्सु कौरव पक्षका र उनका भाई थिए । तर चीरहरणको समयमा उनले कौरवको विरोध गरे र पाण्डवको समर्थन गरे । यतिमात्र होइन जब युद्ध घोषणा भयो तब युधिष्ठिरले सम्झाएपछि उनी पाण्डवको पक्षबाट लडे । पाण्डवले युयुत्सुको सही उपयोग गरे । उनलाई सिधै युद्धमा उतारेनन् । युयुत्सुको योग्यता देखेर उनलाई हतियार र राशन आपूर्तिको जिम्मेदारी दिइएको थियो । महाभारत
 

गाउँ सहर डेस्क

तपाईँको मत