गाउँ सहर

कुकुर पाल्नुभएको छ? कत्तिको होशियार हुनुहुन्छ त!

काठमाडाैँ । के तपाईं आफ्नो कुकुरलाई पुरै दिनको घटनाक्रम सुनाउनु हुन्छ वा समस्याको बारेमा बताउनु हुन्छ? यदी तपाईं यस्तो गर्नुहुन्छ भने यो कुकुरको लागि राम्रो कुरा हो । यसले तपाईंको कुकुर अरुको तुलनामा बढी स्मार्ट बन्नेछ ।

यसकारण तपाईं अहिलेबाटै यस्तो गर्न सुरु गर्न सक्नुहुन्छ । तपाईं आफ्नो कुकुरलाई नाम दिएर उसलाई दैनिक गुड नाइट र गुड मर्निङ भन्नुहोस् । हुनसक्छ! तपाईंको नजिक भएका मानिस यो कुरालाई अनौठो मान्लान, तर एक अध्ययनबाट यो कुरा प्रमाणित भइसकेको छ कि यस्तो गर्दा कुकुर स्मार्ट हुन्छ ।

शिकागो विश्वविद्यालयले गरेको अध्ययनका अनुसार यो दावी गरिएको छ कि गैर-मानव प्राणीसँग कुरा गर्नु सदियौँबाट मूर्खताको नजरबाट देखिएको छ तर वास्तवमा यो हाम्रो मस्तिष्कको सबैभन्दा ठूलो क्षमताको प्रतिविम्ब मात्र हो । शोधकर्ताका अनुसार कुकुरसँग कुरा गर्नु एंथ्रोपोमोर्फिज्म नामक अवधारणाको एक हिस्सा हो । एंथ्रोपोमोर्फिज्म वस्तु या गैर-मानव जीवबाट मानव जस्तो भावना, लक्षण या विचारसँग व्यवहार गर्ने कार्य हो ।

हार्वर्ड यूनिभर्सिटीले सन् २०११ म “क्यूटनेस ऐंड डिस्गस्टः द ह्यूमनाइजिंग ऐंड डीह्यूमनाइजिंग इफेक्ट्स अफ इमोशन” शिर्षकमा अध्ययन गरेको थियो । जसमा जो व्यक्ति आफ्नो कुकुरसँग समय बिताउन मनपराउने र उसँग कुरा गर्ने बताइएको थियो । अध्ययनमा दोस्रोको तुलनामा अधिक स्मार्ट हुने संभावना रहेकाे बताइएकाे छ । 

अध्ययनबाट पत्ता लागेको छ कि एंथ्रोपोमोर्फिज्म तपाईंको पाल्तु जनावरलाई होशियार बनाउन सक्छ । यसले कुकुरलाई शब्द र इशाराको अन्तरलाई सम्झन मद्यत गर्दछ । साथै हाम्रो भावना र शब्दलाई उसले राम्रो तरिकाले बुझ्छ ।

एक अर्को अध्ययनमा कुकुर त्यसरी नै महशुष गर्दछ जसरी उसको मालिक गर्दछन् । मालिक उदास छन भने कुकुरपनि उदास महशुष गर्ने, मालिक खुसी भए कुकुरपनि खुसी हुने बताइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत