प्रेरणा

‘जग्गा खरीद गर्दा सडकभन्दा उचाइमा किन्नुहोस् , सडकबाट तल परेको जग्गा किन्दा आर्थिक संकट’

पैसा बच्दैन, यसो गर्नुहोस्!

सटरस्टक तस्बिर ।

काठमाडौँ । घरमा यदी धनको वास लेखेको छैन भने लाखौँ कोशिष नै किन नगर्नुहोस् पैसाको बचत हुँदैन । यसको पछाडि वास्तु दोष हुन सक्दछ ।

यदी यस्तो समस्या लगातार भइरहन्छ भने सावधान हुनै पर्दछ । यो वाधालाई हटाउनको लागि केही वास्तु उपाय अपनाउन सकिन्छ । आउनुहोस यो कुरा जानिहालौँ । 

घरमा दियोमा घीउ राखेर प्रकाश छर्नुहोस् । घरको प्रत्येक कोठामा दिनको एकपटक प्रकाश पार्नु आवश्यक छ । घरमा झाडु वा कुचोलाई ठाडो पारेर राख्नु हुँदैन । यस्तो भएमा घरमा वृद्धि हुँदैन ।

घरको एक भागमा पंक्षिको लागि दानापानी अवश्य राख्नुहोस् । यो सकारात्मक उर्जाले धनलाई आमन्त्रण गर्दछ । धन वाधालाई दूर गर्नको लागि घरमा नृत्य गर्दै भगवान गणेशको प्रतिमालाई राख्नु शुभ मानिन्छ ।

परिवारमा समृद्धिको लागि माता लक्ष्मीसँगै घरमा कुबेरको मूर्ति अवश्य राख्नुपर्दछ । वास्तु दोष भगाउनको लागि शंख धेरै प्रभावी हुन्छ । जहाँ नियमित शंखको घोष हुन्छ त्यहाँको वातावरण सकारात्मक हुने गर्दछ ।

हप्तामा एकपटक समुन्द्री नुनले घर पुच्छ्नुपर्दछ । यसो गर्दा शान्ति र समृद्धि प्राप्त हुन्छ । पूजा पाठ, शान्ति, पुराण अवश्य गर्नुहोस् ।

कुनै कारण कर्जा लिनुभएको छ भने कर्जाको पहिलो किस्ता हरेक मंगलबार तिर्नुहोस् । जग्गा खरीद गर्दा सडकभन्दा उचाइमा किन्नुहोस् । सडकबाट तल परेको जग्गा किन्दा आर्थिक संकटको कारण बन्न सक्छ ।

यो आलेखमा दिइएको जानकारीमा हामी यो दावा गर्दैनौँ कि यो पूर्णतयाः सत्य एवं सटिक छ र यसलाई अपनाउँदा अपेक्षित परिणाम मिल्नेछ । यसलाई अपनाउनु भन्दा पहिले सम्बन्धित क्षेत्रको विशेषज्ञको सल्लाह लिनु जरुरी छ ।

गाउँ सहर डेस्क

तपाईँको मत