प्रेरणा

‘पंक्षीले ल्याउँछन सकारात्मक उर्जा, छतमा राख्नुहोस दाना-पानी’

चरी चिरीविरी हाे

Phot : Owlcation

काठमाडाैँ । हामी सबै चाहन्छौँ कि घरमा शान्तिपूर्ण वातावरण होस् । परिवारका सदस्य कोहिपनि स्वास्थ्य सम्बन्धी समस्याबाट गुज्रनु नपरोस् । आर्थिक संकट नहोस् । यदी यस्तो समस्याबाट तपाईं गुज्रिरहनुभएको छ भने यसको कारण घरमा भएको वास्तु दोष हुनसक्छ ।

वास्तु दोषले हाम्रो दैनिकी दिनचर्यामा सिधा प्रभाव पार्दछ । घरमा भएको वास्तु दोषलाई भगाएर हामी आफ्नो र आफन्तमा सकारात्मक उर्जा बढाउन सक्छौँ । यसको सिधा असर हाम्रो व्यक्तित्व र कयौँ अन्य कुराहरुमा पर्छ । यसकारण आउनुहोस जानौँ केही सरल र उपयोगी वस्तु उपायको बारेमा ।

पंक्षीको लागि घरको छाना वा छतमा भाँडामा पानी र दाना राख्नुहोस् । जसले पंक्षीलाई भोजन मिल्दछ । वास्तुशास्त्रअनुसार पंक्षीले सकारात्मक सन्देश र उर्जा ल्याउने गर्दछ । यसको आगमनले धन र स्वास्थ्य सम्बन्धी बाधा हटाउने विश्वास गरिन्छ । घरमा जहिल्यै शान्तिको वातावरण सिर्जना गर्दछ र सधैँ स्वच्छ बनाउँछ । घरको मुख्य ढोकामा रातीपनि पर्याप्त उज्यालो हुनु जरुरी छ । स्नानपछि सूर्यदेवलाई जल अर्पित गर्नुपनि आफ्नो दिनाचार्यमा सामेल गर्नुहोस् ।

दैनिक विहान र बेलुका घरमा केही समय सम्म मन्त्रको जप गर्नुहोस् । घरको ढोकामा दर्पण कहिल्यै नराख्नुहोस् । बच्चा पढेको समयमा वा अध्ययन कक्षमा माता सरस्वतीको चित्र या मूर्ति पूर्व दिशामा लगाउनुहोस् । अध्ययनको समयमा मोजा या जुत्ता नलगाउनुहोस् । स्मरण शक्ति बढाउनको लागि तुलसीको पत्तमा मिश्री मिलाएर सेवन गर्नुहोस् । भगवान श्री गणेशलाई प्रशन्न गर्नको लागि बुधबार उनलाई बेसनको लड्डु प्रसाद चढाउनुहोस् । घरमा हराभरा रुख लगाउनुहोस् ।

यो आलेखमा दिइएको जानकारीमा हामी यो दावा गर्दैनौँ कि यो पूर्णतयाः सत्य एवं सटिक छ तथा यसलाई अपनाउँदा अपेक्षित परिणाम मिल्नेछ । यसलाई अपनाउनु भन्दा पहिले सम्बन्धित क्षेत्रको विशेषज्ञको सल्लाह लिनु जरुरी छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत