गाउँ सहर

बिहिबारे हुरीकाे वितण्ड (शब्द/तस्विर)

काठमाडाैँ । भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । 

बिहिबार राती आएको हावाहुरीका कारण कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको थियाे । त्यस्तै टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको हाे ।   

हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा सय जना घाइते भएका प्रहरीले बताएकाे छ । घाइतेहरूकाे सेती अञ्चल अस्पताल, महाकाली अञ्चल अस्पताल, भारतीय अस्पताल साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हुरीले छ्यति भएका साेही स्थानका केही तस्विरहरूः

 

 

 

 

 

 

 

तस्विरहरूः रासस र गाउँ सहर डटकम ।

गाउँ सहर डेस्क

तपाईँको मत