विश्व

कांग्रेसका यी नेताले भने, ‘राहुल अध्यक्ष पद छाड्छन भने म सम्हाल्न तयार छु’

नयाँ दिल्ली । पूर्व केन्द्रीय मन्त्री तथा हकी ओलम्पियन असलम शेर खानले पत्र लेख्दै यदी कांग्रेस अध्यक्ष राहुल गांधी पद छोड्छन भने उनी दुइ वर्षको लागि पद सम्हाल्न तयार रहेको बताएका छन् । तर कांग्रेसका दिग्गज नेताहरुले उनको कुरालाई गम्भीरताका साथ लिएका छैनन् ।

लोकसभा चुनाव २०१९ मा भारी हारपछि कांग्रेस कार्यसमितिको २५ मे को बैठकको समयमा राहुल गांधीको अध्यक्ष छाड्ने प्रस्तावपछि खान त्यस्ता पहिलो नेता हुन, जसले सो पदको लागि आफ्नो दावी गरेका छन् ।

देशैभरबाट कांग्रेस नेता र सहयोगी दलका अध्यक्षले गांधीलाई अपिल गर्दै भने कि आफ्नो फैसलामा पुनर्विचार गर्नुहोस् । २७ मे मा लेखिएको पत्रमा असलम खाले लेखेका छन्, ‘म समयवद्ध दुइ वर्षको लागि अस्थाई कांग्रेस अध्यक्ष पदको जिम्मेवारी सम्हाल्न र आफ्नो सेवा दिनको लागि तयार छु ।’

सन् १९७५ मा मलेशियाको क्वालालाम्पुरमा जितेको भारतीय समुहका सदस्य रहेका खानले अन्तर्राष्ट्रिय खेलाडी र राजनेता दुवैको हैसियतमा रहेर यो निर्णय गरेको बताइन्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत