दृष्‍टिकोण

विश्व वातावरण दिवसः जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षणमा जोड

आज विश्व वातावरण दिवस । दिवसका अवसरमा सरकारी तथा गैरसरकारी तवरबाट वातावरण संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ विविध कार्यक्रमको आयोजना गरिन्छ । बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । ‍‍‌‌

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।

विश्वव्यापी रुपमा यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिईएको छ । दिवसको अवसरमा  वृक्षा रोपण तथा सचेतना र्यालिहरू भएका छन् । एकको असल प्रयासले प्रकृति संरक्षण हुने भएपनि गलत अभ्यासले विनास निम्त्याउछ ।

पछिल्लो ४० वर्षमा पृथ्वीका ५२ प्रतिशत वन्यजन्तु लोप भैसकेका छन् । पृथ्वीमा नयाँ जातिको उत्पत्ति तथा विद्यमान प्रजातिको विलोपन हुने प्राकृतिक  दर सामानय भन्दा १ हजार गुणा तिव्र बनेको छ । दक्षिण अफ्रिकामा गैँडाको चोरीशिकारी ७७ सय गुणाले बढ्यो ।हरेक वर्ष ३५ हजार देखि ५० हजार अफ्रिकी हात्तीहरु चोरी सिकारीबाट मारिन्छन् र चोरीशिकारीको यो दर नरोकिएमा आगामी १० वर्षमा अफ्रिकी हात्ती लोप हुने जोखिम छ ।

विश्वमा रहेक दिन ३ वटा गैँडा चोरशिकारीबाट मारिन्छन् । यसरी विश्वमा तिव्रगतिमा बढिरहेको वन्यजन्तु तथा वनपैदावारको अवैध चोरीशिकारी तथा व्यापारका कारण पृथ्वीको मूल्यवान जैविक विविधता क्षयिकृत भैरहेको छ । जसका कारण हाम्रो प्राकृतिक सम्पदा हामीबाट हराउँदैमात्र छैन पृथ्वीका हरेक प्रजातिलाई विलोपनको खतरातर्फ धकेलिरहेको छ ।

वातावरणको संरक्षण, प्राकृतिक स्रोतहरुको बुद्धिमतापूर्ण उपयोग, खाद्य पदार्थ, पानी र उर्जाको बचत, फोहोरमैलाको उत्सर्जनमा कमी, स्रोत साधनको पुनः प्रशोधन र प्रयोग लगायतका वातावरण संरक्षण हुने काम गर्नुपर्ने हुन्छ ।

 भविष्यमा हिमताल फुट्ने, भूस्खलन, बाढी र रोगव्याधीको खतरा हुने देखिएकाले सतर्क हुन आवस्यक छ । त्यसबाट बच्न अहिले देखि नै बाटो, पानी, हावा, उर्जा तथा कृषि, वनजंगल र जैविक विविधताको संरक्षण गर्नुपर्ने हुन्छ । वातावरण र विकास एकआपसमा पर्यायवाची र परिपूरक भएकाले वातावरण मैत्री विकास अपरिहार्य भएको छ । अहिलेको आवश्यकतासँगै हाम्रा सन्ततिको स्वच्छ र सुरक्षित वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न  वातावरण संरक्षणमा लाग्नु पर्छ । WWFका अनुसार विश्वमा हरेक वर्ष २० अर्व मूल्य बराबरको वन्यजन्तुको अवैध कारोबार हुन्छ ।

दिवसका अवसरमा सरकारी तथा गैरसरकारी तवरबाट वातावरण संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ विविध कार्यक्रमको आयोजना गरिन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट केही गैँडाहरु बर्दिया स्थानन्तरण गरिएका र पहिले पटक-पटक गरी लगेका ८३ गैँडा वटा गैँडाहरु मध्ये अधिकांसलाई तस्करबाट जोगाउन नसकेको प्रस्ट छ । विभिन्न घटनाहरुले नेपाल वन्यजन्तु अवैध व्यापारका अन्तराष्ट्रिय गिरोहको श्रोतका साथै ट्रान्जिट प्वाइन्ट बन्ने गरेको देखाएको छ ।

वन्यजन्तु चोरी सिकारी तथा तस्करीका घटनामा कमी आएको छैन । बाघको छाला, हड्डी, सालकको खपटा तथा जिउँदो सालक, विभिन्न लोपोन्मुख र संरक्षित वन्यजन्तुहरुका अंगहरुका साथै संरक्षित वनस्पतीहरुको अवैध तस्करीमा संलग्नहरु नियमित रुपमा देशका विभिन्न भागबाट पक्राउ पर्ने गरेका छन् । नेपाली भरियाहरुको प्रयोग गरी चीनतर्फ वन्यजन्तुको अवैध तस्करी हुने गरेको  देखाएको छ ।

वातावरणको संरक्षण तथा दिगो व्यवस्थापनका  लागि वन्यजन्तु तथा वनस्पतीको अवैध चोरीनिकासी र अवैध व्यापारलाई नियन्त्रण गर्नु अत्यावश्यक रहेको छ । यसका लागि समुदायस्तरदेखि राष्ट्रिय, अन्तरदेशीय तथा विश्वव्यापी पहल, साझेदारी तथा ऐक्यवद्धताको खाँचो रहेको छ । जनसंख्याको तिब्र वृद्धि , प्राकृतिक श्रोतको अत्यधिक दोहन, तिब्र औद्योगिक विकाश र प्रदुषणका कारण पृथ्वीको वातावरण दिनानुदिन खस्किँदो छ ।

औद्योगिक विकाश तथा मानविय कृयाकलापको उपजस्वरुप सिर्जित जलवायु परिवर्तन वातावरणीय सन्तुलनमा मुख्य चुनौति बनिरहेको छ । विश्वव्यापी उष्णताको कारण पानीका श्रोतहरु नासिँदै छन् , हिमालयको हिउँ पग्लिँदैछ र  पृथ्वीमा मरुभूमिकरणको प्रकोप बढिरहेको छ । जल प्रदुषण , वायु प्रदुषण , भू प्रदुषण, ध्वनी प्रदुषण तथा विकीरणजन्य प्रदुषणका कारण आवहवा प्रतिकुल बन्दै गैरहेको छ । यस्तो अवस्थामा कुनै दिन पृथ्वी जैविक विविधता विहीन बन्ने खतरा नआउला भन्न सकिन्न ।

गाउँ सहर डेस्क

तपाईँको मत