बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा
- एजेन्सी
- १० जेठ शुक्रबार, २०७६ | १६:१५:०० मा प्रकाशित
बेलायती प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् ।
पछिल्लो समय बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफ्नै पार्टीभित्र विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
प्रधानमन्त्री मेले ब्रेक्जिटबारे ईयूसँग गरेको सम्झौता उनको आफ्नै कन्जरभेटिभ पार्टीका नेताहरुले समेत रुचाएका थिएनन् । त्यसबाहेक उनले गरेको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि उनलाई आफ्नो पदबाट राजीनामा दिन तीब्र दबाब रहँदै आएको थियो ।
त्यस्तै, हालै उनले विपक्षी लेबर पार्टीसँग पनि आफूले ईयूसँग गरेको सम्झौताका विषयमा छलफल गर्ने जनाएकी थिइन् । तर, लेबर पार्टीका नेता जेरेमी कोर्बेनले ईयूसँग मेले गरेको सम्झौतामा आधारभूत परिमार्जन नहुन्जेलसम्म प्रधानमन्त्रीसँग कुनै सहमति हुन नसक्ने जनाएका थिए ।
अब बेलायती संसद्मा सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको कन्जरभेटिभ पार्टीका नयाँ नेताले प्रधानमन्त्रीको पद सम्हाल्नेछन् । नयाँ कन्जरभेटिभ नेताको छनौट प्रक्रिया शुरु हुन भने केही समय लाग्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प
- १ हजार करोड खर्च गरेर अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्दै
- तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु
- विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक
- बंगलादेशमा संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदान
- गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००
- स्वीडेनमा २५ वर्ष यताकै बढी चिसो
- जलवायु परिवर्तन : विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित
- संयुक्त राष्ट्रसङ्घद्वारा इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त
- क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलायाे
प्रतिकृया दिनुहोस