जीवनशैली

 अध्ययनले भन्छ-‘गाँजाले महिलाकाे संभोग थप उत्कृष्ट बनाउँछ’

  • एजेन्सी
  • १३ बैशाख शुक्रबार, २०७६ | १४:२३:०० मा प्रकाशित

अमेरिका । अमेरिकामा हालसालै भएको एक अध्ययनले यो कुराको खुलासा गरेको छ कि एकतिहाइ महिलाहरुले सेक्सभन्दा अगाडि गाँजाको प्रयोग गरेको कुरा बताए । अध्ययनकाे समयमा जसले गाँजाको प्रयोग गरे उनिहरुले गाँजाको सेवनले उनको संभोग पहिलेभन्दा उत्कृष्ट भएको महशुष गरे । सेक्सप्रतिको इच्छा बढेको उनिहरुले बताए । 

सेक्सुअल मेडिसिन नामको जर्नलमा प्रकाशित यो अध्ययनले सबैलाई चकित बनाएको छ ।

अध्ययनमा यो कुरा पत्ता लागेको छ कि जुन महिलाले सेक्सभन्दा अघि गाँजा खाए उनीहरुमा दुइगुणा संभोग महशुष भएको थियो । त्यो नखानेमा देखिएन । अध्ययमा सामेल अनुसन्धानकर्ताले भने, ‘अमेरिकामा वयस्कबीच गाँजाको प्रयोग बढेको छ, कयौँ राज्यमा कानून पारित गरेरै यसको सेवन गरिन्छ । साथसाथै मोज-मस्तीको रुपमा प्रयोग गर्न इजाजत पनि दिइएको छ ।’

अमेरिकाको सेंट लूईस स्थित एकाडेमिक मेडिकल सेंटरका ओब्स्टेट्रिक र गाइनोकोलजी विभागमा ३७३ फिमेल पेसेन्टमा यो सर्वे गरिएको थियो । सहभागि १२७ महिला अर्थात ३४ प्रतिशतले सेक्सुअल एक्टिभिटीमा सामेल हुँदा पहिले गाँजाको प्रयोग गरेको स्वीकारेका थिए । 

यो अध्ययनमा विशेष गरेर गाँजाको असलियत खोज्ने प्रयास गरिएको थियो । महिलाको सेक्स लाइफमा सन्तुष्टि, सेक्स ड्राइभ, आर्गेज्म, लुब्रिकेशन र इंटरकोर्सको समयमा हुने दुखाईसँग के सम्बन्ध छ ? अध्ययनमा सामेल १९७ महिला अर्थात करिब ५२ प्रतिशतले गाँजाको प्रयोग गरेका थिएनन् । रहेका ४९ महिलाहरु अर्थात १३ प्रतिशतले सेक्स अघि गाँजाको प्रयोग गरेका थिए । 

नतिजाले सेक्स अघि गाँजाको प्रयोग गर्नेमा संभोगको उत्कृष्टता अनुभूति गरेकाे बताएका थिए । साथै सहभागिले सेक्सकाे दाैरानमा दुःखाई कम भएको, बढी लुब्रिकेशन महशुष भएको , चाह बढेकाे बताएका थिए । 

एजेन्सी

तपाईँको मत