विश्व

फुलान

  • एजेन्सी
  • १० बैशाख मंगलबार, २०७६ | १४:२३:०० मा प्रकाशित

नामुनानी शिखर र आबी शिखरबीचको मुजुर नदी उपत्यकामा पर्ने फुलानलाई दक्षिण-पश्चिमी तिब्बतको ढोकाको रुपमा लिइन्छ । यसको दक्षिणी भागमा हिमालय पर्छ भने उत्तरतिर कैलाश पर्वत पर्छ साथै नेपाल तथा भारतसँग पनि जोडिएको छ । आलि क्षेत्रका हिम पर्वतबाट घेरिएको क्षेत्रको रुपमा मानिएको फुलानले हाल बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्दैआएको छ ।

फुलानको सुन्दर दृश्य विश्व प्रसिद्ध छ। भव्य तथा शानदार पवित्र कैलाश पर्वत र पवित्र मानसरोवर ताललगायत सुन्दर दृश्यस्थलहरु फुलानमा पर्छ । मुजुर नदी उपत्यकाको सुन्दर दृश्य परीकथाको जस्तो छ ।

उपत्यका चारैतिरबाट खतरनाक तथा सेता हिमालले घेरिएको छ । हिमले ढाकेको शिखरमूनि हावापानीले नष्ट गरेका ढुङ्गा र पहेँलो बालुवाको थुप्रो छन् ।

उपत्यकामा वर्षभरि न्यानो हुन्छ। टाढा रहेको बंगाल खाडीबाट आउने मनसून हिमाललाई पार गरेर हल्का हावा बनी मुजुर नदी उपत्यकामा पुग्ने गर्छ र हिमाली पठारमा वसन्त जस्तो आर्द्रतायुक्त तथा न्यानो जलवायु पुर्‍याएको छ । जसबाट उपत्यकाका दुवै किनारमा जेड जस्ता निर्मल पानीले भरेका खाडलहरु थुप्रै छन् । उपत्यकामा केही तिब्बती गाउँ देख्नसकिन्छ। विस्तारै उदय भएको घाम र खाना पकाउँदा आउने धूवाँ र साथै घाँसेमैदानमा गाइबस्तु र भेडाबाख्राको समूह जोडेर एउटा सुन्दर चित्र बनेको छ । 

एजेन्सी

तपाईँको मत