विश्व

श्रीलङ्कामै धेरैलाई थाहा नभएकाे विस्फोटन आरोप लागेको न्याश्नल तौहिद समूह के हो ?

  • एजेन्सी
  • १० बैशाख मंगलबार, २०७६ | ०९:११:०० मा प्रकाशित

श्रीलङ्का सरकार झन्डै तीन सय जनाको मृत्यु हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटन न्याश्नल तौहिद जमात नाम गरेको जिहादी समूहले गराएको आरोप लगाएकाे छ । तर आइतवार गिर्जाघर र होटलहरूमा भएका आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।

श्रीलङ्का सरकारे आरोपित गरेकाे समूह निकै कम नाम सुनिएको सो समूह के हो र कसले सञ्चालन गर्छ भन्नेमा धेरैकाे चासाे छ । श्रीलङ्काभित्र पनि धेरूलाइ याे समूहबारे थाहै छैन । श्रीलङ्का सरकारका प्रवक्ताले पहिलो चोटि न्याश्नल तौहिद जमातबारे सोमवार उल्लेख गरेपछि उनीहरूकाे पनि जान्न चाहिरहेका छन् । 

न्याश्नल तौहिद समूह अतिवादी इस्लामिक समूह श्रीलङ्का तौहिद जमातबाट टुक्रिएर बनेको विश्वास गरिएको छ। श्रीलङ्का तौहिद जमात आफैँमा त्यति परिचित नाम नभए पनि स्थापित समूह हो । बौद्ध धर्मबारे घृणा फैलाएको आरोपमा उक्त समूहका सचिव अब्दुल रजिकलाई सन् २०१६ मा पक्राउ गरिएको थियो। पछि उनले क्षमायाचना गरेका थिए । केही विवरणहरूमा न्याश्नल तौहिद जमातलाई गत डिसेम्बरमा श्रीलङ्काका बौद्ध धर्म मान्नेहरूका विभिन्न मन्दिरमा भएको विध्वंससँग पनि जोडेर हेरेका छन् ।

न्याश्नल तौहिद जमात अतिवादी मुस्लिमहरूको सानो समूह हो । सो समूहको फेसबुक पेज भए पनि केही हप्ताको अन्तरालमा मात्र त्यसमा नयाँ सन्देश वा सामग्री देखिन्छ। उसको ट्विटर सन् २०१८ को मार्चयता सक्रिय छैन । उसको वेबसाइट पनि निष्क्रिय छ। तर उक्त वेबसाइट पहिलादेखि नै निष्क्रिय थियो कि आइतवारको आक्रमणपछि निष्क्रिय पारिएको हो भन्ने बारे भने स्पष्ट छैन । 

तर न्याश्नल तौहिद जमात निकै सानो समूह भएकाले अधिकारीहरूले उनीहरू एक्लैले उक्त घटनामा घटाएको बारे आशङ्का व्यक्त गरेका छन् ।

सरकारका प्रवक्ता रजित सेनारेताले सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै 'सम्भावित आक्रमणबारे विदेशी गुप्तचर निकायबाट धेरै पटक चेतावनी आएको' बताएका छन् । श्रीलङ्काका अधिकारीहरूसँग सम्भावित घटनाबारे पहिले नै सूचना थियो भन्ने पुष्टि गर्ने योबाहेक अरू आधार पनि भएकाे बताएका छन् ।

दूरसञ्चार सेवासम्बन्धी मामिला हेर्ने मन्त्री हरिन फर्नान्डोले श्रीलङ्काका प्रहरी प्रमुखले यसै महिनाको सुरुवाततिर पठाएका दस्ताबेज ट्वीट गरेका छन् । उक्त दस्ताबेजमा न्याश्नल तौहिद जमातको नाम पटकपटक उल्लेख गरिएको छ भने समूहले गिर्जाघर र भारतीय उच्च आयोगमाथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिइएको छ । दस्ताबेजमा उक्त समूहका नेता मोहमद जहरान को समेत नाम उल्लेख गरिएको छ ।

इन्टरन्याश्नल क्राइसिस ग्रूपका श्रीलङ्का हेर्ने निर्देशक यालन किननले मावानेलामा यसअघि भएको घटनामा संलग्न समूहनै हालको घटनामा संलग्न भएको देखिएको बताएका छन् । श्रीलङ्काको राष्ट्रपति कार्यालयले भने उक्त समूहको नाम उल्लेख नगरीकन घटनामा जुनसुकै समूह संलग्न भए पनि उनीहरूले देशबाहिरबाट समर्थन प्राप्त गरेको बताएको छ ।

'गुप्तचर संस्थाहरूका अनुसार उक्त घटनमा स्थानीय आतङ्कवादी समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनले साथ दिएका छन्' राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

श्रीलङ्काको जनसङ्ख्या झन्डै दुई करोड १० लाख छ। त्यसमा मुस्लिम समुदायको जनसङ्ख्या ९.७ प्रतिशत जति छ।

एजेन्सी

तपाईँको मत