स्वास्थ्य

मिठा खाँदा खुसी मिल्दैन, जान्नुहोस पछिल्लो अनुसन्धान के भन्छ !

  • एजेन्सी
  • २९ चैत शुक्रबार, २०७५ | १२:१९:०० मा प्रकाशित

लण्डन । लण्डनका बैज्ञानिकले दावी गरेका छन कि चीनीको सेवनले मूडमा प्रायः कोहि नकारात्मक या सकारात्मक प्रभाव पार्दैन । बैज्ञानिकको दावीले ‘सुगर रश’ को धारणालाई गलत सावित गरेको छ । यसले मिठा खाँदा मानिसमा खुसी महशुष हुने बताएको थियो ।

मूड सुधार्ने कोशिष

‘सुगर रश’ को धारणाले संसार प्रभावित छ । यो धारणामा चलेरै हामी मूड सुधार्नको लागि मिठाको सेवन गर्दछौँ । बर्लिनको हम्बोल्ट विश्वविद्यालयका कोनस्टेंटिनो मंटेंटिजसले भने, ‘हाम्रो निष्कर्ष बहुत स्पष्ट रुपबाट इंगित गर्दछन कि यो तरिकाको दावीको पुष्टि गर्न सकिँदैन । तर यो जरुर हो कि जरुरतभन्दा बढी चीनीले तपाईंको मूड बिगार्न सक्छ ।’

शोधकर्ताहरुले ३१ प्रतिशत अध्ययनबाट एकिकृत गरिएको आंकडाको उपयोग गर्दै, मनिसमा क्रोध, सतर्कता, अवसाद र थकान सहित मूडका विभिन्न नमूनमा चीनीको प्रभाव जाँच गरेका थिए । यो आंकडा करीब १३०० मानिसमा गरिएको अध्ययनमा आधारित थियो । शोधकर्ताले चीनीको सेवनबाट मूडमा कुनै प्रभाव नपर्ने नतिजा निकालेको थियो ।

चीनीले हुन्छ ‘थकान’

वारविक विश्वविद्यालयका एलिजाबेथ मेयरले भने कि वास्तवमा अध्ययनमा यस्तो तथ्य मिलेको छ कि चीनी मूडको विगार्न सक्दछ । अध्ययनमा पाइएको छ कि जुन प्रतियोगीले चीनको अत्याधिक सेवन गरेका थिए उनीहरुमा आलस्यता, थकान, कम सक्रियता र अवसादको लक्षण थियो । जवकी जो प्रतियोगी धेरै मिठा प्रेमी थिएनन उनमा यस्तो लक्षण पाइएको थिएन ।

मेयरले भने, ‘हामीलाई उम्मीद छ कि हाम्रो निष्कर्शबाट ‘सुगर रश’ को मिथकलाई टाढा राख्नको लागि मद्धत मिल्नेछ । त्यहि मानिसमा चीनीको खपतलाई कम गर्नको लागि सार्वजनिक स्वास्थ्य नीति बनाउने र त्यसलाई लागू गरेर फाइदा हुनेछ ।’
 

एजेन्सी

तपाईँको मत