विश्व

राहुल गांधीलाई फेरी चुनौति दिनेछिन स्मृति इरानी ?

‘अमेठी चर्चामा’

भारत । लोकसभा चुनावमा अमेठीको सीट अहिले चर्चित बनेको छ । सन् २०१४ मा स्मृति इरानीले राहुल गांधीलाई कडा चुनौति त दिएकी थिइन तर उनी चुनाव जित्न सफल भइनन् । तर स्मृतिले राहुललाई कम अन्तर दिएकी थिइन् ।

यूपीको अमेठी लोकसभा सीटमा यसपटक चर्चित छ । कांग्रेस अध्यक्ष राहुल गांधीले बुधबार दल बलको साथ पर्चा भरेका छन् । शुक्रबार बीजेपी प्रत्याशी स्मृति इरानीले नामांकन गर्नेछिन् । राहुलले नामांकन अघि तिन किलोमिटर रोड सो गरेर शक्ति प्रदर्शन गरेका थिए । उनी यसपटक दुइ स्थानबाट चुनाव लड्दैछन् । उनले केही दिन अगाडी केरेलाको वायनाड सीटबाट पनि नामांकन गरेका थिए । राहुलले दुइ सीटमा चुनाव लड्ने घोषणा पछि अमेठीको हावामा तरंग फैलिएको थियो । हुन त चर्चा यस्तो पनि छ कि अमेठीमा स्थिति कमजोर भएरै उनी वायनाडबाट उठेका हुन् ।

उत्तर प्रदेशको अमेठी लोकसभा सीट गांधी परिवारकै कारण सँधै चर्चामा रहेको छ । गांधी परिवार सो ठाउँबाट सन् १९६७ बाट अहिलेसम्म चुनाव जित्दै आएका छन् । २००४ को लोकसभा चुनावमा अमेठीमा राहुलले ह्याट्रिक गरिसकेका छन् । तर यसपटक पनि उनलाई बीजेपीकी स्मृति इरानी चुनौति बनेर अगाडी आएकी छन् । चुनौति यसकारण पनि छ कि उनले अघिल्लो चुनावमा ल्याएको मतान्तर अनुपात कम छ । तर अर्कोकुरा पनि यो हो कि राहुल अमेठीबाट अहिलेसम्म सांसद छन् ।

सन् २०१९ को चुनावमा प्रदेशमा एसपी-बीएसपी र आरएलडीले गठबन्धन गरेका छन् । यसमा कांग्रेस छैन । एसपी-बीएसपीले अमेठी र रायबरेली सीटमा आफ्नो उम्मेद्वारी नगर्ने बताइसकेको छ । यस्तो अवस्थामा बीजेपी र कांग्रेसकै टक्कर पर्ने अवस्था छ । सन २०१४ मा राहुल गांधी चुनाव हारेपछि केन्द्रीय मन्त्री बनेकी स्मृति लगातार अमेठीमा सक्रिय रहेकी छन र बीजेपीले उनलाई फेरी सोही ठाउँबाट उतारेको छ । त्यहिँ कांग्रेस आफ्ना अध्यक्ष गांधीले चुनाव जित्ने लगभग निश्चित रहेको बताइरहेका छन् । यो अवस्थामा अमेठी सबैको केन्द्र बन्ने देखिएको छ । नवभारत टाइम्सकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत