विश्व

बीजेपी घोषणापत्र, कांग्रेसको भन्दा कति फरक ?

कसकाे, कति जनतामा पुग्ला !

नयाँ दिल्ली । भारतीय जनता पार्टी (बीजेपी) ले लोकसभा चुनावको लागि आफ्नो घोषणापत्र जारी गरेको छ । यसलाई संकल्पपत्र नाम दिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, अरुण जेटली र सुषमा स्वराजको उपस्थितिमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले घोषणापत्रको मुख्य कुराहरुको बारेमा जानकारी दिए । बीजेपीले आफ्नो संकल्पपत्रमा राष्ट्रिय सुरक्षाको अलवा गरिब, किसान र युवासँग अधिक वाचा गरेको छ । बीजेपीको यो संकल्प पत्र र कांग्रेसले केहि अघि सार्वजनिक गरेको घोषणापत्र कति फरक छ, एक नजर यता !

राष्ट्रिय सुरक्षा

बीजेपी— देशकाे सुरक्षाकाे सवालमा कुनै कसर नराख्ने । अातंकवाद जिराे नीति हुने । जम्मू-कश्मीरमा धारा ३७० र ३५ ए लाई हटाउने । केन्द्रीय सुरक्षा बललाई अाधुनिकीकरण र गर्ने, तटीय सुरक्षा मजबूद गर्ने संकल्पपत्रमा उल्लेख छ ।

कांग्रेस— पार्टी सत्तामा आए देशद्रोहको अपराध परिभाषित गर्ने भारतीय दण्ड संहिता (आइपीसी) को धारा १२४ ए हटाउने । यसको साथसाथै आफस्पा (सशस्त्र बल विशेष अधिकार कानून १९५८) मा संशोधन गर्दै यौन हिंसा, अपहरण र यातनाको विषयमा प्रतिरक्षा जस्ता मुद्धा हटाउने, जसले सुरक्षाबल र नागरिकबीच सन्तुलन बनाउँछ ।

गरिब
बीजेपी— सबै गरिब परिवारलाई एलपीजी ग्यास सिलिण्डर निःशुल्क दिने । हरेक परिवारको लागि एक पक्की घर उपलब्ध गराउने । देशका सबै घरमा बिजुली, पानी र शौचालय उपलब्ध गराउने ।

कांग्रेस— न्याय (न्यूनतम आय योजना) अन्तर्गत ‘गरिबी पर वार, बहत्तर हजार’ नारा सहित वर्षको ७२ हजार प्रदान गर्ने । पाँच वर्षमा एक गरिब परिवारलाई यो योजना अन्तर्गत ३.६० लाख मिल्नेछ ।

किसान
बीजेपी— २०२२ आउँदै गर्दा किसानको आम्दानी दोब्बर गर्ने । १ लाख सम्म किसान क्रेडिट कार्डमा कर्जा लिँदा पाँच वर्षको लागि शुन्य ब्याजदर लाग्नेछ । २५ लाख करोड ग्रामीण विकासमा खर्च गर्ने । साना र मध्ययम किसानलाई ६० वर्षपछि पेन्सन सुविधा दिइने । प्रधानमन्त्री फसल बीमा योजनाबाट किसानको पंजीकरण स्वैच्छिक हुने, जमिनको अभिलेख डिजिटल हुने बताइएको छ ।

कांग्रेस— किसानको लागि एक अलग बजेट ल्याउने । किसान यदी कर्जा तिर्न असक्षम भए त्यो अपराधिक विषय नमान्ने व्यवस्था गर्ने ।  मनरेगा (महात्मा गांंधी राष्ट्रिय रोजगार ग्यारेन्टी अधिनियम) लाई १५० दिन ग्यारेन्टी गर्ने । राहुल गांधीले घोषणापत्र जारी गर्दै भनेका थिए कि मनरेगाको १०० दिन बढाएर १५० दिन गर्न चाहन्छौँ ।

रोजगार
बीजेपी— देशको अर्थव्यवस्थामा जोडिएका २२ ठूला क्षेत्रमा रोजगारको नयाँ अवसर ल्याउने । पूर्वोत्तरका राज्यमा रोजगारको अवसर गर्नको लागि । प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत १७ कारोड बढी उद्यमीहरुको कर्जा तिर्नुनपर्ने बताइसकेको छ । यो लाभार्थिको संख्या ३० करोड पुर्याउने बताएको छ ।

कांग्रेस— मार्च २०२० सम्म २२ लाख सरकारी रोजगारको अवसर सिर्जना गराउने । यो सँगै १० लाख युवालाई पंचायतमा रोजगार ल्याएको छ ।

शिक्षा
बीजेपी— सबै शिक्षण संस्थामा सिट बढाउने, सन् २०२४ मा नयाँ केन्द्रीय विद्यालय खोल्ने, गुणस्तरीय शिक्षाको लागि नेशनल इन्स्टिच्युट अफ टीचर्स ट्रेनिंग खोल्ने, शिक्षाको स्तर सुधार्ने उल्लेख छ ।

कांग्रेस— जीडिपीको ६ प्रतिशत शिक्षा व्यवस्थामा खर्च गर्ने, यूनिर्भसिटी, कलेज, आईआइटी र आइआइएमको सबैको लागि उपलब्ध बनाउने उल्लेख छ ।

स्वास्थ्य
बीजेपी— देशमा ७५ नयाँ मेडिकल कलेज खोल्ने, १४०० मा एक डाक्टर । २०२२ सम्ममा हरेक गरिबको ढोकामा प्राथमि चिकित्सा सुविधा, डेढ लाख हेल्थ एण्ड वेलनेस सेन्टर खोल्ने, टेलिमेडिसिन र डायग्नोस्टिक ल्यावको सुविधा प्रदान गर्ने ।

कांग्रेस— हेल्थ केयरमा सरकारी अस्पताललाई मजबूद गर्ने, गरिबसँगको पहुँचता वृद्धि गर्ने, गुणस्तरिय स्वास्थ्य सेवा, गरिब केन्द्रीय हाई क्वालिटी स्वास्थ्य सुविधा प्रदान गर्ने ।

नवभारत टाइम्सकाे सहयाेगमा गाउँसहर डटकम ।
 

गाउँ सहर डेस्क

तपाईँको मत