विश्व

कांग्रेसलाई घोषणापत्र लागू गर्न कति सहज !

‘३० वर्षमा उत्कृष्ट एक’

कांग्रेसले आफ्नो चुनावी घोषणापत्र जारी गरिसकेको छ । अधिक जनताहरुले चुनावको घोषणा र व्यवहारमा लागू हुन नसक्न बताउँदै आइरहेका पनि छन् । तरपनि निर्वाचन हुने मुलुकमा यहि पत्र देखाउँदै भोट माग्नुपर्ने अवस्थाको जरुरीकै कारण हुनसक्छ भारतीय कांग्रेसले पनि घोषणापत्र जारी गरेको छ ।

भारतमा लोकसभाको माहौल छ अहिले । मैदानमा कांग्रेस र सत्तापक्ष बीजेपी मैदानमा अनवरत लागिरहेका छन् । घरदैलो, आमसभा, अन्य गतिविधिहरु जनतासामू गरिरहेका छन् ।

यही दौडमा केही दिन अघिमात्र कांग्रेसले गरिबको खातामा वर्षेनी ७२ हजार रुपैयाँ बैंकमा राखिदिने देखि देशमा २२ हजार सरकारी पदमा भर्ना गर्नेसम्मको योजना ल्याएको छ ।

‘गरिबी पर वार, बहत्तर हजार’ नाम दिइएको शिर्षकलाई कोड गर्दै अध्यक्ष राहुल गांधीले भने, ‘हाम्रो पहिलो कदम न्यायको कदम हो ।’

कुल मिलाएर कांग्रेसको घोषणापत्र सामजिक न्याय र स्वास्थ्यको समान अधिकारको कुरालाई लिएर अधिक भारतीय जनताले स्वागत गरेका छन् ।  भारतीय वरिष्ठ पत्रकार उर्मिलेशको भनाई उद्धृत गर्दै बीबीसी हिन्दी लेख्छ कि ‘पछिल्लो ३० वर्षमा अलग-अलग पार्टीको घोषणापत्र हेर्दै आएको तर यसपटक कांग्रेसको घोषणापत्र अरुको भन्दा उत्कृष्ट पाएँ ।’

घोषणापत्र जारी गर्दा यूपीए अध्यक्ष सोनिया गांधी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्व वित्त मन्त्री चिदंबरमको उपस्थिति थियो । चिदंबरम घोषणापत्र तयार गर्ने समितिका अध्यक्ष हुन् ।
पत्रकार उर्मिलेशले भने, ‘यहाँ चिदंबरमको छाप छैन । यदी घोषणापत्रमा कसैको छाया नजर आयो भने संसारको गनीने अर्थशास्त्री अमत्र्य सेन । उनको सोच यो घोषणापत्रमा देखिन्छ ।’

घोषणापत्र जनतामा पुर्याउने चुनौति
दक्षिण भारतमा पार्टीको अवस्था सुधार्नुपर्ने विज्ञको सुझाव छ । किनकी त्यहाँ पढाई लेखाई बढी छ । त्यहाँ जातिभन्दा समुदाय महत्वपूर्ण हुन्छ । यो क्षेत्रमा घोषणापत्र पुर्याउन चुनौति देख्छन् पत्रकार उर्मिलेश ।

वरिष्ठ पत्रकार राधिका रामशेषन भने पत्रकार उर्मिलश भन्दा फरक मत राख्छिन् । ‘यो घोषणापत्रले दिएको संदेश आम जनतामा पुर्याउनको लागि कांग्रेससँग पर्याप्त कार्यकर्ता छैनन् । दोस्रो, बीजेपी एक बलियो पार्टी हो । उसले आफ्नो पार्टीको नीति आम जनतामा पुर्याउन कुनै कसर बाँकी राख्दैनन् । कांग्रेसका कार्यकर्ता कत्तिका सक्षम छन र उनीहरु मानिससम्म कस्तो प्रस्तुति लिएर जान्छन, त्यो हेर्न बाँकी छ ।’ उनले भनिन् ।

राधिकाले अगाडि भन्छिन्, ‘कांग्रेसले आफ्नो नरम हिन्दुत्वलाई अलग राखेर आफ्नो मुख्य विचारधारालाई नजिक राखेर यो घोषणापत्र तयार गरेको छ । न्याय उसको प्रमुख घोषणा हो । भारत आजपनि प्रमुख रुपमा गाउँले घेरिएको देश हो । ग्रामीण अर्थव्यवस्था रहेकै छ । राहुल गांधीले किसानलाई राहत दिने, युवालाई रोजगारी जस्ता कुराहरुलाई जोड दिएका छन् । उनको प्राथमिकता ग्रामीणतालाई मजबुद गर्नु हो । ’

यता बीजेपीले आफ्नो घोषणापत्र जारी गरेको छैन । कांग्रेसको घोषणापत्रलाई नजरअन्दाज गरिरहेको बीजेपीले हिन्दु-मुस्लिम, भारत-पाकिस्तान, सुरक्षा जस्ता मुद्धालाई केन्द्रित गर्नसक्ने पत्रकार उर्मिलेशको भनाई छ ।

यसरी हेर्दा पछिल्लो हारबाट चेत खुलेको र दुःख बटुलेको कांग्रेसले आफ्नो घोषणापत्रलाई अधिक जनतामा पुर्याउन सकेको खण्डमा बीजेपीको टाउको दुःखाई हुनसक्ने आंकलन गर्न सकिन्छ । बीबीसी हिन्दीको सहयोगमा तयार सामाग्री 

गाउँ सहर डेस्क

तपाईँको मत