विश्व

‘गरिबी पर वार, बहत्तर हजार’ देखि ‘ग्राम पंचायतोंमे १० युवाको रोजगार’ सम्म

‘जन घोषणा पत्र’ जहाँ लेखिएको छ, ‘हम निभाएंगे’

Reuters Photo

नयाँ दिल्ली । लोकसभा चुनावलाई मद्धेनजर गर्दै भारतीय कांग्रेस पार्टीले मंगलबार चुनावी घोषणापत्र जारी गरेको छ । 

हुन त चुनावी घोषणापत्रहरु जारी हुन्छन तर काम हुँदैनन भन्ने कुरालाई प्रुशियन नेता अट्टाेभान विश्मार्कले भनेजस्तै- चुनावकाे बेला, युद्ध लड्दैगर्दा र शिकार गरेपछि मानिस सबैभन्दा झुट बाेल्ने कुरा अहिलेपनि मुखमा झुंडिन्छ । तर, भारतीय कांग्रेसले हुबहू लागू हुने बताएको छ । 

कांग्रेसका अध्यक्ष राहुल गांधीले घोषणापत्रको औपचारिक लोकार्पण गर्दै दावी गरेका छन कि ‘घोषणापत्रमा गरिएको वाचा कुनै झुटमा आधारीत छैन’ भनेर ।

राहुल गांधीले भने, ‘हिंदुस्तानको सरकारले देशका गरिबहरुको खातामा हरेक वर्ष ७२,००० र पाँच वर्षमा ३,६०,००० रुपैयाँ बचत गरिदिने छ ।’ उनले ‘गरिबी पर वार, बहत्तर हजार’ नारा दिँदै पहिलो कदम न्यायको कदम भएको बताए ।

जारी घोषणापत्रमा सन् २०२० सम्म सबै खाली सरकारी पद भर्ने वाचा गरेका छन् ।

यस्तै घोषणापत्रमा ग्रामीण युवालाई रोजगार दिने बताइएको छ । गांधीले भने, ‘१० लाख युवालाई ग्राम पंचायतमा रोजगार दिइनेछ ।’ तिन वर्षको लागि युवालाई व्यापार खोल्न कुनै मञ्जुरीको आवश्यकता नपर्ने र बैंकको ढोका खोलिदिने पनि घोषणापत्रले समेटेको बताए । 

यस्तै घोषणापत्रले किसानको कर्जा समस्यालाई अपराधिक मामला नभएर सिविल अफेंस मान्ने उल्लेख गरेको छ । साथै कांग्रेसको सरकारले कुल ग्राह्स्थको ६ प्रतिशत हिस्सा शिक्षा बजेटमा लगाउने उल्लेख छ ।

स्वास्थ्यको विषयमा राहुल गांधीले नीजि बीमामा आधारित स्वास्थ्य स्कीममा विश्वास नगर्ने भन्दै भन्दै वर्तमान सरकारले गरेको भन्दा थप मजबुद हुने काम गर्ने बताए ।

घोषणापत्र जारी गर्दै गांधीले भने, ‘पछिल्लो वर्ष मा बीजेपीको सरकारले देशलाई बांड्ने काम गरे । कश्मीरको उदाहरण नजिकै देखिएको र जहाँ हाताहातको संख्या दिनदिनै बढ्दै गइरहेको छ । कांग्रेस पार्टीले देशलाई जोड्ने काम गर्दछ । राष्ट्रिय र घरेलु सुरक्षामा ध्यान दिनेछ ।’

आज जारी गरेको कांग्रेसको घोषणापत्रको नाम ‘जन घोषणा पत्र’ रहेको छ । जहाँ लेखिएको छ, ‘हम निभाएंगे’ ।

चुनावी घोषणापत्र जारी गर्दाको समयमा सोनिया गांधी, मनमोहन सिंह र पी चिदंबरम लगायत अन्य नेताहरुको उपस्थिति थियो । 

पूर्व प्रधानमन्त्री मनमोहन सिंहले कार्यक्रममा घोषणापत्रमा लेखिएको कुरा कांग्रेसले पूरा गर्ने बताएका थिए । उनले भने, ‘ऐतिहासिक घोषणापत्रले देशको अर्थव्यवस्थालाई माथि उकास्ने काम गर्ने छ ।’ एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत