स्वास्थ्य

१२ औँ अटिजम जनचेतना दिवस, २०१९ : नेपालमा करिब ५ लाख प्रभावित

जान्नुहोस अटिजमको लक्षण

काठमाडौँ । हरेक बच्चाको विकासमा आफ्नै गति हुन्छ । जसरी ६ महिनाको बच्चामा परिवर्तन आउन लाग्दछ, हाँस्न थाल्दछ वा १ वर्षको बच्चा हिँड्न थाल्दछ । अवस्था र परिवर्तन अगाडि पछाडि छ भने कुनै कुरा छैन तर यो महत्वपूर्ण परिवर्तनमा सहजता देखिँदैन, आवश्यकता भन्दा बढी समय असामान्यता रहन्छ भने ध्यान दिनु जरुरी हुन्छ । यसको मतलव तपाईंको बच्चामा अटिजम ‘स्पेक्ट्रम डिसअर्डर’ हुन सक्छ । शुरुवातमा यसलाई पत्ता लगाउन गाह्रो हुन्छ । एक प्रतिवेदन बताउँछ कि विश्वमा ५९ जनामा १ मा यो अवस्था हुनेगरेको पाइएको छ । नेपालमा करिव ४ लाखमा अटिजम प्रभावित रहेको ‘अटिजम केयर नेपाल सोसाइटी’ले बताएको छ । सोसाइटीले मंगलबार विश्व अटिजम सचेतना दिवसको दिन पारेर काठमाडौँको बसन्तपुरमा सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

अटिजम के हो ?
अटिजम एक न्यूरोलोजिक डिसअर्डर (नशासम्बन्धी असामान्य अवस्था) हो जुन बच्चामा सुरुका तिन वर्षमा देखिने गर्दछ । अटिजमबाट ग्रसित बच्चामा तिन चरणको विकास सुस्त गतिमा हुने गर्दछ । जसलाई ट्रायड अफ इम्पेयरमेंट भनिन्छ । यो भर्वल वा ननभर्वल कम्युनिकेशन, सोशल इंटरेक्शन, इमेजिनेश हो ।

यसका लक्षणहरुः
अटिजम प्रभावित बच्चाको माइलस्टोन सुस्त हुन्छ । अर्थात सुस्त गतिमा विकास हुने गर्दछ । यस्ता बच्चाहरु प्रायः नाम भन्दा कुनै प्रतिक्रिया पनि दिँदैनन् । 

  1. डिलेड माइलस्टोनः अटिजमको सबैभन्दा ठूलो संकेत हो यो डिलेड माइलस्टोन । ६ महिनाको बच्चामा हँस्मुख आउनु पर्दछ, औँला पक्रनु र आवाजमा प्रतिक्रिया पनि दिने हुनुपर्छ । जुन बच्चालाई अटिजमको दुःख हुन्छ भने माथिका प्रतिक्रियामा कठिनाई महशुष गर्दछन् ।
  2. दिनाचार्य पछ्याउने बानीः अटिजम प्रभावित बच्चा एउटै दिनाचार्य पछ्याउने गर्दछन् । यसमा कुनै किसिमको परिवर्तन वा उतार चढाव उसमा हुँदैन । यो ढाँचा वा बानी दैनिक भएन भने उसलाई दुःख हुने गर्दछ ।
  3. आँखा जुधाउन सक्दैनन्ः कयौँ अटिजम प्रभावित बच्चाहरु आँखा मिलाउन सक्दैनन, यो समस्या उनीहरुमा हुन्छ । यसले उनमा आत्मविश्वासको कमी दर्शाउँछ ।
  4. आवाज निकाल्नमा समस्याः अटिजमबाट ग्रसित बच्चा आवाज निकाल्नपनि असमर्थ हुन्छन् ।
  5. आफ्नो नाम पहिचानमा समस्याः विशेष गरी बच्चाको जन्मपछि केही महिनापछि आफ्नो नाम जानेर प्रतिक्रिया दिन थाल्दछन् । तर अटिजम प्रभावित बच्चामा यस्तो हुँदैन । यो अवस्थाका बच्चाले कुने प्रतिक्रिया दिँदैनन् ।
     

गाउँ सहर डेस्क

तपाईँको मत