प्रविधि

अफ्गानिस्तानका प्रथम उपराष्ट्रपतिको सवारी टोलीमाथि आक्रमण

  • एजेन्सी
  • १७ चैत आइतबार, २०७५ | १३:३१:०० मा प्रकाशित

अफ्गानिस्तानका प्रथम उपराष्ट्रपति अब्दुल राशिद दोस्तुमको सुरक्षार्थ खटेको सवारी टोलीमाथि मार्च घण् तारिख उत्तरी अफ्गानिस्तानी बाल्ख प्रान्तमा आक्रमण गरिएको छ। जसबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ। उपराष्ट्रपति दोस्तुमलाई कुनै चोटपटक लागेको छैन।

अफ्गानिस्तानी सञ्चार माध्यमले दोस्तुमका सहायकलाई उद्धृत गर्दै बाल्ख प्रान्तबाट जोउजान प्रान्तस जाँदा बाटोमा तालिवान सशस्त्र समूहले उपराष्ट्रपति दोस्तुमको सवारी टोलीमाथि आक्रमण गरेको जनाएका छन्।

प्राप्त जानकारीअनुसार, उक्त आक्रमणमा अरू दुई जना घाइते भएका छन्।

सोही दिन तालिवानले उक्त आक्रमणको जिम्मा लिनुका साथै आफ्नो आक्रमणबाट उपराष्ट्रपतिका चारजना अंगरक्षकको मृत्यु हुनुका साथै छ जना घाइते भएको बताएको छ।

एजेन्सी

तपाईँको मत