समाज

सम्भाेगः एक दैनिकी वा अनुभव!

‘म मा चिडचिडापन, रिस र मानसिक तनाव धेरै बढेको थियो’

babychakra

आज ६ वर्ष पूरा भयो हाम्रो विवाह भएको । वितेको समयमा धेरै परिवर्तन भए, म एक पत्नीबाट आमा भएँ र मेरो जीवनमा सानो बच्चाको रहर जाग्न थाल्यो । मेरो छोरा अहिले दुई वर्षको छ । आफ्नो जन्मदेखि अहिलेसम्म अर्थात यो २४ महिनामा, म र मेरो श्रीमानको सम्बन्धमा धेरै परिवर्तन आए । बच्चा जन्मनु अघि हाम्रो जीवन दुइको यादमा समय वित्दथ्यो । हातमा हात राखेर लामो यात्रामा जाने, साथमा घण्टौँ बिताउने । सम्भाेगको कुरा गर्ने हो भने सुरुवातका एक वर्ष हामी दैनिक एक अर्काबीच सम्भाेगकै माध्यमबाट माया प्रस्तुत गर्दथ्यौँ ।

बच्चाको स्याहार सुस्याहारमा राति अबेरसम्म जागा रहनु र समयको कमीले हाम्रो सेक्स लाइफ नराम्ररी थेचारिन पुगेको थियो । केही दिनसम्म मेरो श्रीमानले यो कुरामा कुरा गर्न धेरै कोशिष गरे तर एक आमा हुनाको नाताले, अधिक जिम्मेदारीले घेर्यो, हरेक पटक त्यो कुरामा टोलाउन लागेँ । विस्तारै विस्तारै यो विचार गरिन उनले छुट्टै कोठामा सुत्न सुरु गरिन् । रातमा हुने हाम्रा लामा लामा कुराहरु अब बदलिँदै जान थाल्यो । दैनिक साँझ घर आउने खाने, टिभी हेर्ने, अखबार पढ्ने र नबोली सुत्ने ।

समयको कमीलाई एक कारण बुझ्दै म यो कुरालाई कयौँ महिनासम्म नजरअन्दार गर्दै रहेँ । मेरो श्रीमानपनि कहिँ न कहिँ स्वीकार गरिरहेका थिए । मेरो सारा समय बच्चाको लागि हो भनेर । उनले सम्भाेगको लागि कुनै दवाब दिएनन् । हाम्रो सम्बन्ध आएको यो उदासी हामी दुबैको अनुहारमा देखिन थाल्यो । तर एकल परिवार जहाँ सबै जिम्मेदारी पति पत्नीलाई उठाउनु परेपछि यस्तो परिवर्तन आउनु स्वभाविक हुन्छ ।

मैले बुझिन कि भन्ने थिएन, सबै बुझिरहेकी थिएँ । तर दिनरात हर एक मिनेटदेखि बच्चाहरुको स्याहराले मलाई मानसिक र शारीरिक रुपबाट दुःखी बनाएको थियो । शायद यो हरेक आमासंग हुन्छ । बच्चा जन्मेपछि हामी महिला आफ्नो सर्वस्व आफ्नो बच्चामा लिन हुन्छौँ । र भुल्छौँ की आमा बन्नुभन्दा अगाडि हामी कसैको जीवन संगिनी हौँ भनेर । सम्भाेगको अभावमा, मैले महशुष गरेँ म मा चिडचिडापन, रिस र मानसिक तनाव धेरै बढेको थियो । शब्द शब्दमा रिस उठ्नु, उदास हुनु जस्ता लक्षणहरु नियमित बनेको थियो । 

एक दिन मैले प्रतिज्ञा गरेँ कि आफूलाई यो अवस्थाबाट बाहिर निकाल्छु भनेर । र जब साँझ मेरो श्रीमान् कामबाट फर्के, सबै काम छिटोसंग गरेर, उनको हातमा हात राखेर कुरा सुरु गरेँ । कारण समयको कुनै अभाव थिएन । आवश्यकता भन्दा बढी बच्चाको स्याहरको चिन्ता निस्कीयो । हामी दुबैले मिलेर एक अर्कालाई समय दिने वाचा गर्यौँ । सजिलोगरी आफ्नो दैनिकी निकाल्न पायौँ ।

एक गृहणी कुनै न कुनै तरिकाबाट यो समय गुजार्न वाध्य हुनैपर्छ । जब उनले आफैँ एक आमा र पत्नीको जिम्मेदारीबाट घेरिन्छिन् । आवश्यकता छ भने त्यो हो योजना । बच्चा, माता पिताको जीवनमा नयाँ रंग भर्न आएका हुन्छन् । त्यसको पूरा आनन्द तपाईं उठाउनुहोस् । साथै आफ्नो वैवाहिक जीवनमा मायालाई ताजा पनि राख्नुहोस् । संभोग, कुनै घडीमा देखाएर समाप्त हुने काम होइन । यो त महशुष हो, एक तरिका हो जसले तपाईं एक अर्काप्रति आफ्नो मायालाई उजागर गर्न सक्नुहुन्छ ।

तपाईंपनि आमाबुबा भएपछि यस्तो अवस्थासँग जुध्नुभएकै होला । जहाँ तपाईं आफ्नो वैवाहिक जीवनलाई समय दिनसक्नुभएको छैन ? शेयर गर्नुहोस तपाईंको अनुभव । बेबीचक्र डटकमबाट अनुवादीत ।
 

गाउँ सहर डेस्क

तपाईँको मत