स्वास्थ्य

महिलाको लागि जरुरी ‘मास्टरबेशन’, जान्नुहोस किन?

  • एजेन्सी
  • १४ चैत बिहीबार, २०७५ | १३:४७:०० मा प्रकाशित

मास्टरबेशन....यस्तो चिज हो जसलाई हाम्रो समाजले खुल्लारुपमा स्वीकार गरेको छैन । नैतिक रुपबाट मानिसहरु यसलाई गलत मान्दछन् र चित्त बुझाउँछन कि यसले शरीरमा असर गर्दछ भनेर । तर मास्टरबेशन अर्थात हस्तमैथून कुनै नयाँ कुरा होइन । किनकी १८ औँ शताब्दिमा यसको चर्चा थामिनसक्नु थियो ।

इंडियना यूनिर्भसिटीको नेशनल सर्भे अफ सेक्शुअल हेल्थ एण्ड बिहेवियरमा खुलासा भएको छ कि २५ वर्षदेखि २९ वर्ष बीचको केवल ७.९ प्रतिशत महिला हप्तामा दुइदेखि तिनपटक मास्टरबेशन गर्दछन् । जबकि २३.४ प्रतिशत पुरुष हप्तामा दुइदेखि तिनपटक सम्म हस्तमैथून गर्दछन् ।

सन् २०१४ मै यो अध्ययन गरिएको थियो ।

‘सेक्स आरएक्सः हार्मोन्स हेल्थ एंड यूवर बेष्ट सेक्स इभर’ की लेखिका एवम् नर्थवेस्ट्रन स्थित अब्सटेट्रि ऐंड गाइनोलोजीका असोसिएट प्रोफेसन, डा. लारेन स्ट्रीचरले सन २०१६ मा एक वेबसाइटमा दिएको अन्तर्वार्तामा मास्टरबेशन अर्थात हस्तमैथूनको फाइदाका बारेमा बताएकी थिइन् । आउनुहोस जानौँ, किन ?

स्ट्रीचरका अनुसार, आनन्दले खुसी प्राप्त हुन्छ । मास्टरबेशन गर्दा आर्गेज्म हुन्छ र आर्गेज्मको अवस्थामा डोपामीन र आक्सिटोसिन नामको ऐंडोमार्फिन रिलिज हुन्छ जसले मूडमा सुधार ल्याउने गर्दछ ।

मस्टरबेसनले सेक्शुअल टेंशनलाई रिलीज गर्दछ र तनाव कम गर्ने गर्दछ । यसको अलावा निन्द्रा पनि राम्रो लगाउँछ ।

मास्टरबेशनले पेल्विक र ऐनल रीजनको मसल्स मजबुद बनाउँदछ । यसले सेक्स सम्बन्धी तनावलाई कमगर्न मद्यत गराउँदछ ।

एजेन्सी

तपाईँको मत