विश्व

कांग्रेसको लागि महाराष्ट्रमा पनि भोट माग्नेछिन प्रियंका गांधी, पार्टीले जारी गर्यो ४० स्टार प्रचारको लिष्ट

नयाँ दिल्ली । भारतमा लोकसभा चुनावको दोस्रो चरणमा नामांकन दाखिला गर्न मंगलबार अन्तिम दिन हो । दोस्रो चरणको लागि १८ अप्रिलमा १३ राज्यका ९७ सीटमा मतदान हुनेछ ।

यो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू-कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, प. बंगाल, पुड्डुचेरिमा मतदान हुँदैछन् । पहिलो चरणको ९१ सीटको लागि नामांकन प्रक्रिया सोमबार सकिएको थियो । यी सीटमा कयौँ दिग्गज प्रत्याशिहरुको पर्चा दाखिल भएको थियो ।

कांग्रेसका अध्यक्ष राहुल गांधीले मंगलबार राजस्थानको एक दिवसीय दौडमा आउने भएका छन् । उनले दुई चुनावी र्यालीमा भाग लिने र सम्बोधन गर्ने बताइएको छ । उनले सूरतगढ, गंगानगर र बूंदीको जनसभालाई सम्बोधन गर्नेछन् । त्यहि जयपूरको रामलीला मैदानमा उनका पार्टी कार्यकर्तालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रियंकाकाे दाैडधुप

पूर्वी उत्तर प्रदेशकी प्रभावशाली कांग्रेस महासचिव प्रियंका गांधीले भने बुधबार र शुक्रबार अमेठी र रायबरेली जानेछिन् । २९ मार्च शुक्रबार भने चुनवी कार्यक्रममा भाग लिन अयोध्या जाँदैछिन् । 

दुई दिन अगाडिको चुनावी कार्यक्रममा पनि प्रियंकाले गन्ना किसान उत्थानमा गरेको ट्विटलाई लिएर उत्तर प्रदेश सरकारलाई गरिबको लागि नभएर धनीको लागि काम गरेको भन्दै आरोप लगाएकी थिइन् । प्रियंकाको पछिल्लो चुनावी यात्राले कांग्रेस पार्टी उत्साहित बनेको छ । उसले चुनावी अभियानमा गति मिलेको र संगठन मजबुद गर्नमा मद्यत पुगेको ठहर गरेको छ ।

कांग्रेसको लागि यो दौडले सांस्कृतिक महत्व बोकेको देखिन्छ । १८ देखि २० तारिख सम्मको प्रियंका यात्राले प्रयागराजमा गंगा—यमुनाको संगम मानिएको स्थानमा गांधी परिवारको विरासतको कहानीपनि जोडिएको छ । तर त्यहिँ नै पार्टी कमजोर बनेको छ ।

प्रियंका-माेदी टक्कर

प्रियंका गांधीको राजनीतिमा प्रवेशपछि नै प्रफुल्लित कांग्रेसले उनलाई फूलपुरबाट चुनाव लड्न माग गरेका छन् । कुनैबेला देशका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरु संसदमा यही स्थानको प्रतिनिधित्व गर्दथे । त्यहिँ वाराणसी प्रधानमन्त्री नरेन्द्र मोदीको सीट छ । कांग्रेस नेताको दावी छ कि नेतामा प्रियंका गांधी नै छिन जो मिडिया कभरेज र मानिसबीच उत्सुकता जगाउन प्रधानमन्त्री मोदीलाई टक्कर दिन सक्छिन् ।

प्रियंकालाई नै प्रयोग गरेर कांग्रेस यो मोर्चामा पनि बीजेपीलाई टक्कर दिन लागिपरेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत