प्रेरणा

सफलताको मन्त्रः सकारात्मक नजर राख्नुहोस, तपाईं क्रमशः सफल बन्दै जानुहुन्छ

व्यक्तिलाई सकारात्मक नजरले हेर्ने बानी जति उचाइमा लैजानुहुन्छ त्यति नै उचाईसम्म कुनैपनि दोस्रो बानीले लैजान सक्दैन । अर्थात आफ्नो मनमा जहिल्यै यो विश्वास राख्नुपर्छ कि जीवनमा तपाईंसँग कुनै नराम्रो होइन, राम्रोमात्र हुन्छ । यसको लागि आफूबाट जहिल्यैपनि भन्ने गर्नुपर्छ, ‘म असफल होइन, सफल हुन गइरहेको छु ।’

हामीहरु एक दुइपटक असफल भएपछि प्रयास छाडेर बस्ने गर्छौँ । हाम्रो मस्तिस्कमा जुन कुरा बसिरहन्छ । दुःखको कारण त्यो कुरामा सोच्नपनि छाड्दछौँ । यसको विपरित यदी हामी आफ्नो कोशिषलाई जारी राख्छौँ भने हामीलाई सफल हुन कसैले रोक्न सक्दैन । यो कुरा आजको मुख्य विषय हो ।

एक प्रयोगमा रिसर्च बायोलोजिष्टले एक ठूलो भाँडामा शार्क माछालाई राखे र त्यहि भाँडामा सानो माछालाई पनि राखे । शार्कले सानो माछालाई खान सुरु गर्यो र केही घण्टामा सबै साना माछाहरु उसको शिकार बनिसकेका थिए । हरेक पटक यहि हुन्छ, भयाे । बायोलोजिष्टले आफ्नो प्रयोगमा थोरै परिवर्तन गरे र एक बलियो फाइबर स्लाइडलाई सो भाँडामा राखेर भाँडालाई दुइ भागमा बाँडिदिए । एक भागमा शार्क र दोस्रो भागमा साना माछा । फेरी साना माछामा शार्कले हमला गर्न चाह्यो तब स्लाइडमा ठोकिन पुग्यो । शार्कले प्रयास छाडेन, हमला गरिनै रह्यो ।

यो प्रयोग केही हप्तासम्म चलिरह्यो । शार्कले हमला जारी राख्यो, तर उसको प्रयासमा लगातार कमी आउँदै गयो । त्यसपछि यस्तो समय आयो जब शार्कले यो मान्यो कि उ साना माछा खान सक्दैन । उसले प्रयास गर्नै छाड्यो । बायोलोजिष्टले अब फाइबरको स्लाइड त्यहाँबाट हटाइदिए । तर, शार्कलाई कुनै फरक परेन । उसले यो सोच्यो कि त्यहाँ एक ढोका छ, एक अवरोध छ, जसलाई पार गर्न सकिँदैन । उसले प्रयास गर्नै छाड्यो अब साना माछाहरु आरामले त्यहि भाँडामा पौडिइरहेका थिए र उनीहरुलाई अब शार्कसँग कुनै खतरा थिएन ।

यो कथाबाट के सिक्ने ?
हामीमध्ये कयौँ मानिसको साथ प्रायः यस्तै हुने गरेको छ । हामी प्रयास गर्नै छाड्छौँ । कुनै अफ्ट्यारा आएपछि हामीलाई यस्तो लाग्छ कि अवरोध छ, जसलाई कटाउन सकिँदैन । विश्वास गर्नुहोस, यदी कुनै चिज पाउनको लागि हामीलाई इमान्दारी ढंगबाट लगातार प्रयास गर्नैपर्छ । किनकी कोशीष गरेपछि सफलता हाता अवश्य लाग्छ । लाइभ हिन्दुस्तानको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत