प्रेरणा

मन खाेलेर खेलाैँ हाेली, तर रंग कसरी हटाउने ? त्याे पनि सिकाैँ

चैत ६ होलीको दहन र ७ गते होलीको दिन हो । नेपालमा पहाडमा ६ गते मनाइन्छ भने तराईका जिल्लाहरुमा ७ गते मनाइँदैछ । यही पर्वलाई ध्यानमा राखेर तयारी करिब अन्तिम चरणमा पुगेको छ । होली रंग, पकवान, मिठाईको साथमा मनाइन्छ । होलीको रंगलाई खुसीको रंग, मायाको रंग भनिन्छ जसले हाम्रो जीवनमा खुसीको बहार थपिदिन्छ । होलीको पर्वमा मानिसहरु किसिम किसिमका रंग लगाउँछन । तर जब रंग छालाबाट हटाउने कुरामा धेरै मश्किल हुने गर्दछ । यसैकारण उपयोगी टिप्स तपाईंले पालना गरे रंग हटाउन गाह्रो हुँदैन ।

१. पेष्ट बनाउनुहोस्
बेसन, दही र बेसारको पेष्ट बनाउनुहोस् । यसपछि आफ्नो अनुहारमा १० मिनेट लगाएर छाड्नुहोस् र पनीले धुनुहोस् । तपाईंको शरीरमा लागेको रंग धैरै हदसम्म कम हुने गर्दछ ।

२. आँटाको चोकर
आँटाको चोकरमा बेसन, बेसार मिसाउनुहोस् र अनुहारमा लगाउनुहोस । अनि सुकेपछि त्यसलाई हटाउनुहोस् । यसपछि आफ्नो छालाबाट सो रंग हराउँछ ।

३. नीबूको प्रयोग
यदी तपाईं होलीको रंग हटाउन चाहनुहुन्छ भने नीबूको प्रयोग गर्न गइरहेको हुनुहुन्छ भने भूलेरपनि नगर्नुहोस् । नीबू लगाउँदा अनुहार रुखो हुन्छ ।

४. तेलको उपयोग गर्नुहोस्
रंग खेल्नुभन्दा अगाडि तेलको उपयोग गर्नुहोस् । अनुहार, हातमा तेल लगाउनुहोस् । यसले तपाईंको छालामा रंग मज्जाले लाग्न दिँदैन र सहजै हटाउनपनि सकिन्छ ।

५. कपडा धुने साबूनको प्रयोग नगर्नुहोस्
कपडा धुने साबूनको भूलेर पनि प्रयोग नगर्नुहोस् । तपाईंले यसो गरेको खण्डमा अनुहार रुखो हुन्छ भने पोल्ने पनि हुनसक्छ ।

माथिका कुरा पालना गरे रंगसँग डराउनु पर्दैन, हटाउन पनि समस्या हुँदैन । लाइभ हिन्दुस्तानको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत