प्रेरणा

यो होलीमा घरमै बनाउनुहोस प्राकृतिक रंग, छालालाई पुग्दैन नोक्सानी

काठमाडाैँ । होरी (होली) को समय अब केही घण्टामा सीमित छ । सबैतिर होलीको तयारी व्यापक छ । यो मौकामा बजरमा आउने हरेक किसिमका रंगले तपाईंको छालामा नोक्सानी पुर्याइरहेको हुन्छ । केमिकल मिसिएका त्यस्ता रंगहरुबाट सावधान हुनु जरुरी छ । सर्तकताको लागि तपाईंले घरमै रंग बनाएर यो प्राकृतिक रंगले होली खेल्न सक्नुहुन्छ । आउनुहोस जानौँ घरमा कसरी बनाउन सकिन्छ प्राकृतिक रंग ।

रातो रंग
चंदन पाउडरमा रातो रंग हुन्छ । यसलाई तपाईं फेस प्याकजस्तै प्रयोग गर्नुहुन्छ । सुख्खा फुलबाट पनि रातो रंग बनाउन सकिन्छ । तपार्इं गाढा रंग चाहनुहुन्छ भने त्यसमा बराबर मात्रामा आँटा वा वेसन मिलाउनुहोस् । रातो गुलाबको सुख्खा पत्तालाई पिसेर पनि रातो रंग बनाउन सकिन्छ ।

पानीवाला रंग
५ लिटर पानीमा दुईचम्चम रातो चन्दनको पाउडर मिलाएर उमाल्नुहोस् । यदी बढी पानी चाहिए २० लिटर पानीमा घोल्नुहोस् । अनारको छिल्का पानीमा उमाल्नुहोस, रातो रंगको पानी बन्नेछ ।

हरियो रंग
हरियो रंग बनाउनको लागि मेहन्दी पाउडरको प्रयोग गर्न सकिन्छ । यसको अलावा अमलाको पाउडरमा बराबर मात्रामा आटा मिसाएर पनि हरियो रंग बनाउन सकिन्छ । पुदीना, धनियाँ वा पालकको पत्तालाई सुकाएर पिसेपछि पनि प्राकृतिक रंग बनाउन सकिन्छ ।

पानीवाला रंग
१ लिटर पानीमा दुई चम्चा मेहन्दी मिलाउनुहोस र हल्लाउनुहोस् । पालक, धनियाँ र पुदीनाको पेष्ट तयार गर्नुहोस र यसमा पानी मिलाउनुहोस् ।

गाढा गुलाबी
२ चुकन्दरलाई टुक्रा गरेर जूस निकाल्नुहोस र उसलाई ५ लिटर पानीमा मिलाउनुहोस् । थप गाढा चाहिए एक लिटर पानीमा चुकन्दर काटेर रातभरी छाडिदिनुहोस । यसको अलावा १० देखि १५ वटा प्याजलाई आधा लिटर पानीमा उमाल्नुहोस् । पानी प्रयोग बाट पहिले प्याज हटाउनुहोस् र त्यसमा गुलाब जल मिलाउनुहोस् ताकि पानीमा प्याजको गन्ध नआओस् ।

पहेँलो रंग
पहेँलो रंगको लागि दुई चम्चा हल्दी पाउडरमा बेसन दुइगुणा मिलाउनुहोस् । यसले तपाईंको छालालाई प्राकृतिक बनाउँछ ।

चमकिलो रंग
चमकिलो रंगको लागि निलो फूललाई कुटेर त्यसमा पानी मिसाएर बनाउन सकिन्छ ।

फागु पूर्णिमा यसपटक पहाडमा ६ गते र तराईमा ७ गते मनाइँदैछ, साे दिन सार्वजनिक विदा छ ।

गाउँ सहर डेस्क

तपाईँको मत