विश्व

एक महिलाले ६ बच्चालाई जन्म दिइन, ५ अर्बमा एक घटना

  • एजेन्सी
  • २ चैत शनिबार, २०७५ | १५:१०:०० मा प्रकाशित

टेक्सास । अमेरिकाको टेक्सासस्थित ह्यूस्टनमा एक महिलाले ६ बच्चालाई एकैपटक जन्म दिएकी छन् । संसारभरमा ४.७ अर्बमा कुनै एक घटना यस्तो हुने बताइएको छ । 

महिलाले अमेरिकाको ‘द वुमेन्स हस्पिटल अफ टेक्सास’ मा ६ बच्चालाई जन्म दिएकी थिइन् ।

अस्पतालले थेलमा चैका नामकी महिलाले शुक्रबार स्थानीय समयानुसार विहान ४ बजेर ५० मिनेटबाट विहान ४ बजेर ५९ मिनेटबीच ४ छोरा र दुई छोरीलाई जन्म दिइन् । थेलमा स्वस्थ छिन् ।

अस्पतालका अनुसार बच्चाको वजन १ पाउण्ड १२ औंसबाट दुई पाउण्ड १४ औंसबीच थियो । उनको अवस्था स्थिर र अस्पतालको नवजात गहन स्याहार इकाइमा राखिएको छ ।

थेलमाले आफ्नो छोरीको नाम जीना र जुरियल रखेकी छन । चार छोराको नाम अहिले राखेकी छैनन् । 
 

एजेन्सी

तपाईँको मत