स्वास्थ्य

‘सपनामा सेक्स गरेको देख्नु स्वास्थ्यको लागि राम्रो’

तपाईं सोच्नुहोला सपनामा सेक्स गरेको देख्नु जरुरी छ ? दिनभर काम गरेर थकान भएर जब घर फर्कन्छन दुई चिज देखापर्दछ । एउटा आनन्दको निन्द्रा र अर्को राम्रो सपना जसले मानशिक शान्ति गराउँछ ।

सन् २००७ मा युनिर्भसिटी अफ मान्ट्रियलले अध्ययन गरेको थियो । जसमा पुरुष र महिलामा लगभग ८ जना यस्ता थिए जसले सेक्स सम्बन्धी सपना देखेका थिए । मनोचिकित्सक र सेक्सोलोजिष्ट डा पवन सोनारका अनुसार, ‘सेक्स सपना निन्द्राको एक रेपिड आइ मुभमेन्ट (आरईएम) एक्टिभिटी हो जुन अनैच्छिक हुन्छ । यौनमा बञ्चित हुनेलाई यसको संभावना हुन्छ । वा कामूक इच्छा दवाउँदा पनि सपनामा सेक्स गरेको देखिने गर्दछ । यो एक यौन गतिविधिजस्तै हुन्छ र यसले सुख र आनन्द मिल्ने गर्दछ ।’

द गेम अफ चेन्जका लेखिका गीता रामकृष्णन भन्छिन्, ‘ड्रीम एक यस्तो विषय हो जसमा अहिलपनि अध्ययन जारी छ । सामान्यतया सपनालाई हाम्रो अवचेतनको हिस्सा मानिन्छ । यसकारण यदी सपनामा सेक्स गरेको देख्दा अप्रत्यक्ष रुपमा स्ट्रेस वा थकानबाट सुकून मिल्ने गर्दछ । यसमा कुनै नराम्रो हुँदैन । सेक्सको सपनाले जीवनमा तपाईंको दुुःखको गहिरो अर्थ दिने गर्दछ र यसको सेक्ससँग कुनै लेनदेख हुँदैन ।

किन आउँछ सेक्ससँग जोडिएका सपना ?
सपनाले प्रायः अधूरो इच्छा वा अनपेक्षित विचारलाई अभिव्यक्त गर्दछ । यो हाम्रो अवचेतनको एक हिस्सा हो । सपनाको कारण जेपनि हुन सक्दछ । यस्तो विवाह जुन निराशामा हुन्छ वा अफिसको तनाव । सेक्स ड्रीम एक माध्ययम हो जसको मद्यतले तपाईं आफ्नो भावना उजागर गर्न सक्नुहुन्छ । डा सोनारका अनुसार कोही आफ्नो दिमागमा यौन कल्पना पटक पटक गर्दछ भने त्यो सपनामा देख्ने गरिन्छ ।

डा. सोनार कपल्सलाई सेक्सको सपना देख्न सल्लाह दिन्छन् । जो इन्टिमेसी इश्युको भोगिरहेका छन् । उनका अनुसार, ‘यस्तो गर्नाले कपल्स आफ्नो पार्टनरमा केन्द्रित गर्न सक्छन् । एक दोस्रोप्रति उनका भावना जागृत गराउन सक्छन् ।’

सपनामा सेक्स देख्न के गर्ने ?

१. डा. सोनारका अनुसार, नियमित एक्सरसाइज, खुल्लापन र पेटमा बल पुग्नेगरी आसनमा सुत्दा सेक्सको सपना आउँछ ।
२. यस्तो परिस्थितिबाट टाढा रहनुहोस, जसमा रिस, तनाव, चिडचिडाहट हुन्छ । अधिक उज्यालोलाई बन्द गर्नुहोस र मन्द उज्यालोमा आराम गर्नुहोस् । तपाईंको पार्टनरको बारेमा सोच्नुहोस, तर मास्टरबेशन वा हस्तमैथुन नगर्नुहोस् । नत्र सेक्सको ड्रीमको उद्धेश्य पुरा हुँदैन ।
३. इराटिक र सेन्सुअल वातावरण सेट गर्नुहोस् । कोठा सजाउनुहोस जसले तपाईंको पार्टनरको मन खाओस् । पार्टनरको तस्विरपनि कोठामा सजाउनुहोस् । एजेन्सीकाे सहयाेगमा ।

 

गाउँ सहर डेस्क

Dorine लेख्नुहुन्छ ६ चैत, २०७५ ११:०५ am

I love it when people come together and share opinions. Great website, continue the good work! Ahaa, its good dialogue regarding this post at this place at this weblog, I have read all that, so now me also commenting at this place. Does your blog have a contact page? I'm having a tough time locating it but, I'd like to send you an email. I've got some suggestions for your blog you might be interested in hearing. Either way, great blog and I look forward to seeing it improve over time. http://cspan.co.uk my homepage Jim

तपाईँको मत