गाउँ सहर

‘सेलीब्रेटिंग द पास्ट, प्लानिङ्ग फर द फ्यूचर’ देखि “बेलेन्स फर बेटर” सम्म

मार्च ८, जान्नुहोस को हुन क्लारा जेटकिन, किन यो दिन जुर्यो !

काठमाडौँ । आजभन्दा सय वर्ष अगाडि अन्तर्राष्ट्रिय महिला दिवसको सुरुवात भएको थियो । यसको विचार एक महिलाको थियो । उनको नाम थियो क्लारा जेटकिन । क्लारा मार्क्सवादी चिन्तक र कार्यकर्ता थिइन तर महिलाको अधिकारको सवालमा भने उनी लगातार सक्रिय रहिन् ।

सन् १९१० मा कोपेनहेगनमा कामगर्ने महिलाहरुको एउटा इन्टरनेशनल कन्फरेन्स आयोजना भएको थियो । त्यहि सम्मेलनमा पहिलो पटक उनले इन्टरनेशनल वुमेन्स डे मनाउन सुझाव दिएकी थिइन् । त्यो सम्मेलनमा १७ देशका करिव १० महिलाहरु सामेल थिए । सहभागी सबैले क्लाराको सुझावलाई समर्थन गरेका थिए ।

सबैभन्दा पहिले सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्वीटजरल्याण्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो ।  हामी १०९ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौँ ।

सन् १९७५ मा यूएनले दियो आधिकारीक मान्यता
सन् १९७५ मा महिला दिवसलाई संयुक्त राष्ट्रले वार्षिक रुपमा एक थिमसँग मनाउन सुरु गर्यो । अन्तर्राष्ट्रिय महिला दिवसको पहिलो थिम थियो— ‘सेलीब्रेटिंग द पास्ट, प्लानिङ्ग फर द फ्यूचर ।’

कहाँ र किन मनाइएको थियो पहिलो अन्तर्राष्ट्रिय दिवस
सबैभन्दा पहिला अन्तर्राष्ट्रिय महिला दिवस संसारको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकामा मनाइएको थियो । अमेरिकामा महिलालाई चुनावमा भोट हाल्ने अधिकार थिएन । २८ फेब्रुअरी १९०९ मा अमेरिकाको सोशलिष्ट पार्टीको आह्वानमा पहिलो पटक यो दिन मनाइएको थियो । सन् १९११ मा पहिलो पटक अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीटजरल्याण्डमा दिवस मनाइएको थियो । 

किन ८ मार्चमा मनाइन्छ ?
सन् १९१३ मा यसलाई परिवर्तन गर्दै ८ मार्चमा दिवस मनाउन थालियो । यसको पछाडि एक घटना छ । जब क्लाराले वुमेन्स डे मनाउने कुरा गरेकी थिइन, तब उनले कुनै तारिख दिएकी थिइनन् । सन् १९१७ को बोल्शेविक क्रान्तिको दौरान रुसका महिलाहरुले ‘ब्रेड एण्ड पीस’ को माग गरे ।

महिलाको हडताल र सो बाट भएको दवावका कारण त्यहाँका सम्राट निकोलस पद छाड्न वाध्य भए । यो घटनास्वरुप त्यहाँको अन्तरिम सरकारले स्थानीय महिलालाई मतदानको अधिकार दियो । त्यो समय रुसमाजुलियन क्यालेण्डरको प्रयोग हुन्थ्यो । जुन दिन महिलाहरुले हडताल सुरु गरे त्यो दिन २३ फेब्रुअरी थियो । ग्रेगेरियन क्यालेण्डरमा यो दिन ८ मार्च थियो र त्यसपछि अन्तर्राष्ट्रि य महिला दिवस ८ मार्चमा मनाउन थालियो । एजेन्सीको सहयोगमा गाउँ सहर डटकम

 
  

गाउँ सहर डेस्क

तपाईँको मत