प्रेरणा

महाशिवरात्री : पंचामृतमा ५ चिज के हुन ? यी ४ चमत्कारी फाइदा, जान्नुहोस कसरी बनाउने

काठमाडौँ । महाशिवरात्री होस या सत्यानारायण भगवानको कथा, प्रसादमा पंचामृतको विशेष स्थान हुने गर्दछ । यसलाई शुभ र कल्याणकारी मान्ने गरिन्छ । स्वास्थ्यको लागि यो फाइदाजनक पनि हुने गर्दछ । पंचामृत ५ चिज मिलेर बनेको हुन्छ । यसले स्वास्थ्यमा चमत्कारीक रुपले असर पार्दछ । यसमा प्रयोग हुने ५ चिजहरुः गाईको दूध, दही, शक्खर (चीनी), घीउ र तुलसीको पत्ता ।

यसरी बनाइन्छ पंचामृत
१०० ग्राम गाईको दूध, ५०० ग्राम दही, १ चम्मा शक्खर, १ चम्चा घीउ र ८ देखि १० तुलसीको पत्ता । धेरै गुलियो चाहिएमा यसमा ५० ग्राम शक्खर मिलाउन सकिन्छ । पंचामृत मूल रुपमा यीनै ५ चिजबाट बन्ने गर्दछ ।

पंचामृतका फाइदाहरु

  1. पंचामृत सेवन गर्दा शरीर पुष्ट र रोगमुक्त हुने गर्दछ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउने गर्दछ ।
  2. यसमा मिसाइएको घीउ र दूधको मिश्रणले मांसपेशी र सोसँग जोडिएका समस्यालाई टाढा भगाउँछ । पंचामृतको सीमित प्रयोगबाट शरीर निरोगी र स्वस्थ्य रहन्छ ।
  3. पंचामृतले स्नान गर्दा छालाको चमक बढ्छ । अनुहारमा निखारपन र ग्लू ल्याउने गर्दछ ।
  4. यसमा तुलसीको एउटा पत्ता हालेर नियमित सेवन गर्दा क्यान्सर, हार्ट अटैक, डायबिटिज, कब्जीयत र अधिक रक्तचाप जस्ता समस्याहरुबाट बचाउन सकिन्छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत