स्वास्थ्य

टाईट कपडाले बनाउन सक्छ रोगी, जान्नुहोस् साइड इफेक्ट्स

के तपाईं पनि ति मानिसहरुको समाजमा पर्नुहुन्छ जो आफ्नो मोटो पेट या थाईलाई पातलो देखाउनको लागि शेपवेअर कपडाको प्रयोग गर्नुहुन्छ ? या धेरै टाईट वा स्किनी जिन्स लगाउनुहुन्छ ? यदी हो भने यो फेशन र स्टाइलले तपाईंलाई रोगी बनाउन सक्छ ।

ब्रिटिश काइरोप्राक्टिस एशोसिएशन (बीसीए) ले गरेको एक सर्बेक्षणले अधिक टाईट कपडा लगाउनुहुन्छ भने तपाईंलाई असर परिरहेको उल्लेख गरेकाे छ । आउनुहोस टाइट कपडाको साइड इफेक्ट्स जानौँ ।

टाइट जिन्स, स्कर्ट लगाउनाले केवल तपाईंको उठ्ने, बस्ने र हिँड्नेमा दुःखमात्र हुँदैन यसले तपाईंको बडी शेप र पोस्चरमा पनि नकारात्मक असर पुर्याउँछ ।

लामो समयसम्म टाइट कपडा लगाउनाले तपाईंको जोर्नीमा असर परिरहेको हुन्छ । यसले गर्दा हड्डिमा समस्या, पेट र कम्मरको तल्लो हिस्साको मांशपेशीपनि कमजोर हुने गर्दछ । यसको अलावा कम्मर र खुट्टामा दुःखाई हुने गर्दछ । धेरै टाइट कपडाले उफ्रिने र पैदल हिँड्ने क्षमतापनि कम गराउँछ ।

टाइट जिन्स वा लेगिंग्सको कारण थाईको नशामा दवाब पर्ने र झनझनाहट र दुःखाई बढाउने गर्दछ ।

धेरै टाइट जिन्स, स्कर्ट वा टाइट कपडाको प्रयोगले पेटको माथि दवाब पुग्ने र फूड पाइपमा एसिड बन्न थाल्दछ । यसले बेचैनी हुन थाल्छ । एजेन्सीकाे सहयाेगमा

 

गाउँ सहर डेस्क

तपाईँको मत