भिडिओ

नेविसंघ नेतृ सम्झना खत्रीलाई सभापति देउवाले सोधे, ‘चलाउन सक्छौ ?’

महिला नेतृत्वको दावी

काठमाडौँ । नेपाल विद्यार्थी संघ छ तर अहिले केन्द्रीय समिति छैन । माउ पार्टीलाई यहि विषयलाई लिएर तनाव थपिएको छ । यता विद्यार्थीहरु पनि आफ्नै नेतृत्वमा तदर्थ समिति बन्नुपर्ने तर्कसहित मैदानमा भिडेका छन् ।

१२ औँ महाधिवेशन गराउनका लागि सबै विद्यार्थी नेताहरू लागिपरेका छन् ।

३२ वर्षे उमेरमा सहमति भएको नेविसंघको नयाँ विद्यान एकातिर छ भने अर्कोतिर पुराना उमेर हद कटाएका जनसंख्यापनि तदर्थ समिति हुत्याउन लागिपरेका छन् । 

४८ वर्षपछि नेविसंघमा महिला नेतृत्वको आवाजहरु पनि उत्तिकै उठिरहेका छन् । 

यसै परिपेक्षमा नेविसंघ नेतृ सम्झना खत्रीले आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर नेतृत्व हाँक्ने सक्छौ ? भनेर सोधेको जवाफमा उनले सक्छु भन्ने उत्तर दिएकी छन् । यो कुराले विद्यार्थी वृत्तमा महिला नेतृ आउनसक्ने आंकलन पनि गरिएकाे छ ।  

०६१ सालबाट विद्यार्थी राजनीतिमा होमिएकी खत्री निवर्तमान केन्द्रीय सदस्य तथा विश्वविद्यालय समितिको ताज अनुभव बोकेकी उदाउँदी महिला नेतृ भन्छिन्, ‘नेतृत्व थाम्न र हाँक्न सक्ने क्षमता राख्छु ।’

गाउँ सहर डेस्क

तपाईँको मत