विश्व

‘एयरो इन्डिया २०१९ शो’ मा आगलागी, १०० गाडी जले

मंगलबार पाइलटको मृत्यु भएको थियो

  • एजेन्सी
  • ११ फाल्गुण शनिबार, २०७५ | १५:१८:०० मा प्रकाशित

नयाँ दिल्ली । बेंगलुरुमा शनिबार अचानक भागमभाग मच्चियो जब पार्किङ्गमा राखिएको गाडीमा आगो लाग्यो । फायर डिपार्टमेन्टका अनुसार, पार्किङ्गमा राखिएका करिब ८० देखि १०० गाडीहरु आगोको चपेटामा परेका थिए ।

बेंगलुरुमा वायु सेनाको छाउनी नजिकै सो चलेको थियो । आगलागी पश्चात सो रोकिएको थियो ।

आगलागीको कारण पत्ता लागेको छैन । पार्किङ्गमा रहेका गाडी उनीहरुका थिए जो सो हेर्न आएका थिए । आगो लाग्ने वित्तीकै दमकल आएर निभाउन सुरु गरेको थियो । आगो अहिले नियन्त्रणमा छ । यो घटनामा कुनै विमानको नोक्सानी भएको खबर छैन ।

मंगलबार भएको थियो पाइलटको मृत्यु
एयरो इन्डिया शो भन्दा एक दिन पहिले वायु सेना ठोकिँदा उसमा सवार तिन पाइलट मध्ये एक जानको मृत्यु भएको थियो । घटनामा अन्य दुई पाइलट घाइते भएका थिए । वायु सेनाका प्रवक्ता सुर्य किरणका अनुसार डिस्प्ले टीमको यो विमान एयरो इन्डिया शो को लागि अभ्यास गरिरहेका थिए । 

‘एयरो इन्डिया २०१९ शो’ को १२ औँ संस्करण २० देखि २४ फेब्रुअरी सम्म चल्नेछ ।

एजेन्सी

तपाईँको मत