गाउँ सहर

प्रधानमन्त्री ओलीलाई वाक्य बाचन गर्दा लाज लागेन ?

‘प्रमाण नष्ट भएकाले छानविन कठिन’

काठमाडौँ । ८ गते बुधबार सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको आठौँ बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले घटना भएको ७ महिनापछि सबै प्रमाण नष्ट गरेका कारण निर्मला हत्या प्रकरणको छानविन कठिन भएको बताए ।

यो कुरा बताईरहँदा उनले अघिल्ला दिनहरुमा बोलेका कुरा सल्टाउनको लागि यी शब्द खर्च गरेको देखिएको छ । 

हत्या संलग्न पानीमूनी भएपनि निकाल्ने बाचा गरेका ओली र जतिनै पूरानो घटना घटेको भएपनि सत्यतथ्य ल्याउने जिकीर उनैले गरिरहेको र आफ्नो बचाउ गरेका उनले बुधबार सकिएन भनेनन् अनुसन्धान कठिन भएको भन्न सम्म भ्याएका छन् ।

सम्बाेधनमा उनले अपराधी जहाँ जुनसुकै भएपनि त्यान्द्रो समाउँदै पक्राउ गरेरै छोड्ने बताए । अपराधीले सबै प्रमाण नष्ट गरेका कारण छानविनमा कठिनाई भइरहेको बताउँदै सरकारले अपराधी पत्ता लगाउन विभिन्न समिति गठन गरेर काम गरिरहेको दाेहाेर्याएका थिए ।

सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथा, जातिय छुवाछुत लगायतका विकृति र विसंगतिबारे स्मरण गर्दै प्रदेशमा विकृति अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । सरकारले राष्ट्रियता, वैदेशिक सम्बन्ध, राष्ट्रिय हित र विकासको आवश्यकतालाई केन्द्रमा राखेर काम गरिरहेको भन्दै सामाजिक न्याय, समानता, समृद्धि उन्मुख लोकतन्त्र, सामनतामुलक समाज, सामाजिक सद्भाव, राष्ट्रिय एकता र समृद्ध समाज, सुःखी नेपालीको लागि सरकार लागि परेको बताएका थिए । 

प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउन पछ्यौटेपनको अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताएपनि ताली त्यतिसाह्राे बजेन । 

सोही क्षेत्रमा गएर सम्बोधन गरेका ओलीले निर्मला हत्याकाण्ड भएको यो ७ महिनाको अन्तरालमा अनेक व्यवधान खेपेका छन् । चिकित्सा शिक्षा विद्येयक, वाइडबडी, बेग्रेल्ती भ्रष्टाचार, मेलम्ची, पानीजहाज कार्यालय र हुँदा हुँदा पशुपति शर्मा । उनले सबै घटनामा उखानकाे झट्टाराे दिए तर व्यवहारमा उनकाे गति उखानजस्तै बेग बन्न सकेन, त्याे हामीले देखिरहेकै छाैँ ।

उनले विर्से, पन्तको बलात्कार र हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा भन्दा बढी घटना भएका छन् । ति मध्ये अधिकांश बलात्कारीहरु पक्राउ परेको प्रहरीले बताएको छ । तर निर्मला घटनामा निश्पक्ष छानबिन र दोशीलाई कारवाहीमा ल्याउन सरकार असफल छ । आन्दोलन चलिरहेकै छ । 

निर्मला पन्तको घटनामा प्रहरी चुकेको छ, अनुसन्धान जारी भएपनि हत्याराको कुनै अत्तोपत्तो छैन ।

पछिल्लो सार्वजनिक गरिएको प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि उदासिन रहेको निष्कर्ष निकालिएको छ । पन्तको हत्या घटनासँग सम्बन्धित प्रमाण सङ्कलनमा खटिएका प्रहरीको लापर्वाही रहेको निष्कर्ष निकालिएको छ । शव बरामद भएको स्थान, निजले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र ती सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि प्रयोग हुनसक्ने गरी तालिमप्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान र आसपासको क्षेत्रका तत्काल पर्याप्त मात्रामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन नगरेको प्रतिवेदनमा उल्लेख छ । तर, बोल्नेको यहाँ कमी छैन, अपराधी भेटिसक्यो भन्नेहरु नै अहिले सत्तामा रजाइँ गरेका छन्, कत्ति लाज नमानी । प्रधानमन्त्रीपनि उही ड्यांगका मूला न परे ! उनल यो शब्द अहिले भन्दा अब जनताले अचम्म मान्दैनन्, बानी र डिजाइनमा सम्झन थालिसके ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८, निम्बुखेडास्थित उखुबारीमा साउन १० गते निर्मलाको शव फेला परेको थियो । अनेक अनुसन्धान गरेपनि सरकार यो घटनामा असफल बनेको छ । न्यायका भिखारीहरु न्यायको लागि आन्दोलनमै छन् ।

अब भन्नुहाेस् प्रम ज्यू, के निर्मलाले न्याय पाउँछिन त ! कहिले ??
 

गाउँ सहर डेस्क

तपाईँको मत