दृष्‍टिकोण

“संघीय संसद भवन अगाडि मेलम्ची आयाेजनाले खनेकाे सडक र पुरेकाे पीच”

दुईतिहाई सरकारकाे एक वर्ष, प्रचण्डकाे खाेजी

काठमाडाैँ । केपी शर्मा ओली नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले आज ३६५ दिन अर्थात एकवर्ष बिताएकाे छ । दुईतिहाईकाे सरकार बाजा बनाउँदै स्थापित भएकाे थियाे, २०७४ फाल्गुण ३ गते । याे एकवर्ष भित्र ओली सरकारले अधिक सपनाहरू बाँडेका थिए । केही पूरा भए, हुँदैछन् तर अधिकांशत पक्षहरूमा सरकारले बाेलीनुसारकाे व्यवहार प्रस्तुत गर्न सकेकाे छैन ।

नेकपा पक्षधरहरू विकासकाे मूल फूटेकाे देख्छन् तर विपक्षी लगायत सर्वसाधारण जनतामा त्यस्ताे मूलै फाटेकाे अवस्था पाउँदैनन् । एकाथरी सरकारकाे भजनमै व्यस्त छन् त अन्य विराेध गरिनै रहेका छन् । यहाँ अर्काथरी मानिसहरू पनि छन् र ? ती पनि जनता हुन् र ? भन्न थालेका छन् । यसकाे मतलव सरकार आँखा भएर पनि नभएकाे जस्ताे गरेर हिँडिरहेकाे छ अनि नराम्रा र नगरेका कुरा याे गरेनाैँ भन्नेलाइ विराेधीकाे संज्ञा दिइरहेकाे छ ।

यही सरकारकाे एक वर्ष पूरा गरेकाे उपलक्ष्यमा हामीले पनि सरकारका सकारात्मक र नकारात्मक दुबै पक्षलाई केलाउन फाइल पल्टाइरह्याैँ । हाम्राे अनुसन्धान यदि सरकारले फेल र विराेधीकाे कान्लामा नराखे निश्पक्षताकाे प्रतिक हुनेछ । भाेलीकाे दिनमा सरकारले याे पेज पटक-पटक, अधिक पटक पूनरावलाेकनकाे अवस्थामा प्रयाेग गर्न र सिक्न सक्छ । आउनुहाेस १२ सकारात्मक र १२ नकारात्मक बुँदा हेराैँ, सरकारका ३६५ दिन ।

१२ सकारात्मक कुराहरू

  1. सपना देख्न सिकायाे
  2. सामाजिक सुरक्षा कार्यक्रम
  3. प्रधानमन्त्री राेजगार कार्यक्रम
  4. विभिन्न ऐनहरूकाे निर्माण
  5. घरमै बसेर राजश्व भूक्तानी गर्नसक्ने बनायाे
  6. नयाँ प्रणालीभित्रै संविधानसँग असहमत र अस्वीकार गर्नेहरूलाई समेत सँगै लिएर हिंडन सफल
  7. शक्तिको बाँडफाँड, काम र जिम्मेवारीको व्यवस्थापन र कार्यान्वयन
  8. चीनसँग बाटो खोलिएको
  9.  रेलमार्गमा थाेरै काम, 
  10. जलमार्ग प्रयोगमा सुरूवाती काम
  11. वैदेशिक राेजगारीमा थाेरै व्यवस्थापन
  12. मन्त्रिपरिषद कागजरहित

१२ नकारात्मक कुराहरू

  1. संक्रमणकालीन, सामाजिक न्याय र सुरक्षामा स्खलित सरकार, वाइडबडी, निर्मला पन्त, सुनकाण्डमा चुकेकाे सरकार
  2. भ्रष्टाचार घटाउनमा भन्दा बढाउन, माैलाउनमा सहयाेगी, कर्मचारी चिढ्याउनु, वास्तविक कर्मचारी समयाेजन देखिएन
  3. आर्थिक प्रगतिमा बाेली र व्यवहारमा झुटकाे खेती, आयाेजनामा प्रगति नहुनु, पीटी क्यासकाे व्यवस्था अझै गर्न नसक्नु
  4. सीमित घेरामा मात्रै रहने प्रवृित्त, प्रतिपक्षी साथमा लिएर हिँड्न नसक्नु,
  5. कमजाेर सरकारकाे नेतृत्व, ओहाेदाकाे बाेली नदेखिनु, सुविधाभाेगी हुनु
  6. वैदेशिक राेजगारी घटाउन असक्षम, शिक्षा नीतिमा आलाेचित
  7. कुटनीतिक असक्षमता, अस्पष्ट परराष्ट्र नीति
  8. पार्टी हाे की माेर्चा, बेहाल संगठन
  9. सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा साना प्रगति हालेर मख्ख पर्ने प्रवृत्ति, ठेकेदार र सिन्डिकेडमा चुकेकाे सरकार
  10. विकल्प दिन खोज्नेलाई पाखा लगाउने प्रवृत्ति
  11. दुई तिहाईको दम्भमै एकवर्ष, सरकारका गफ बढी काम कम, बाघकाे संख्या बढेकाे कथा र ढाेलपिटाइ
  12. प्रजातन्त्रमाथि खतराकाे संकेत

नेकपाभित्र सरकार चलाउन प्रचण्डकाे खाेजी

ओली सरकारका आलाेचनाहरू बढ्दै जाँदा पार्टी बृत्तमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे चर्चा चुलिएर गएकाे छ । नेकपाभित्र पनि असन्तुष्टिका चाङ बढ्दै गएकाे परिपेक्ष्यमा कतै प्रधानमन्त्री फेर्नुपर्ने बहस आएकाे त हाेइन ? भनेर विश्लेषकहरूले बताउन थालेका छन् ।

हुन त स्वास्थ्यकाे हिसावले पनि कमजाेर बन्दै गएका वर्तमान प्रमलाई विश्राम लिनुपर्ने वाध्यकारी अवस्थापनि आएकाे देखिन्छ । उनले गर्न खाेजेका कुराहरूमा पनि अनेकतिरबाट सकारात्मता भन्दा नकारात्मक प्रहारहरू आएका छन् । चारैतिरकाे दवावमा उनले जसाेतसाे सरकार र पार्टी हिँडाइरहेकाे आंकलन जाे काेहीले गर्न थालेका छन् ।

यही भएर पनि अब प्रधानमन्त्रीकाे रूपमा प्रचण्डकाे ताैल बढ्नु असामान्य हाेइन । उनकाे आगमनसँग देशले थाेरैभएपनि परिवतर्नकाे आशा राख्नु स्वभाविक छ ।

सरकार पहिलेकै र पुरानै बाटोमा हिँड्दा पनि केही खास कामहरु गर्न सक्ने अवस्था थियो । दुई तिहाईको सुविधा भएर पनि काम गर्न सकेन ।  नागरिकमा नैराश्यता बाहेक केही देखिएकाे छैन । यति हुँदापनि सरकार नेतृत्व नथाक्नु र कसैलाई नसुन्ने हुनु सरकारकाे दरिलाे दृश्य हाे । संघीय संसद अगाडिकाे दुर्घटनाग्रस्त बाटाेले सरकारकाे उन्नति नजरअन्दाज गर्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत