राजनीति

काङ्ग्रेसमा केन्द्रीय सदस्यले वडाबाटै चुनिएर आउने व्यवस्था होला त ?

काठमाडौँ । नेपाली काङ्ग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । 

गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्यगरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । 

यस विषयमा काङ्ग्रेस केन्द्रीय समिति बैठकमा पक्ष र विपक्षमा दुवै थरीका धारणा छन् । 

यही बहसका कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटक पटक बसे पनि पार्टीको विधानले अझै अन्तिम रुप पाउन सकेको छैन। 

केन्द्रीय सदस्यहरु भने महासमिति बैठकमा आएको सुझाव विधानमा समेट्न पार्टी नेतृत्व विचलित हुन नहुने धारणा राख्दै आएका छन् । विधानमा देखिएका अन्य अस्पष्टतालाई शीघ्र टुङ्ग्याएर संविधानअनुसारका पार्टी संरचना बनाउनुपर्ने धारणा उनीहरुको छ । 

महासमिति बैठकमा ठूलो सङ्ख्यामा सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेकाले यस विषयलाई पार्टीले आत्मसात् गर्नुपर्ने आवाज पनि उठिरहेको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत