स्वास्थ्य

स्वाइन फ्लूबाट अहिलेसम्म १०७ जनाको मृत्यु, ८७ नयाँ राेगी

  • एजेन्सी
  • २८ माघ सोमबार, २०७५ | १२:१९:०० मा प्रकाशित

राजस्थान, भारत । राजस्थानमा स्वाइन फ्लूबाट १०७ जनाको मृत्यु भएको छ । जयपुर सोडाल इलाकामा मानिसहरु स्वाइन फ्लू भाइरसको डरबाट जीवन गुजारीरहेका छन् ।

आइतबार नागौर र बीकानेर जिल्लामा स्वाइन फ्लूबाट पीडित एक एक जना बिरामीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सोडाल इलाकामा रुघा, खोकीका बिरामीहरु डाक्टरको सल्लाह लिने संख्या वृद्धि भएको छ । पछिल्लो ४० दिनमा सोडालमा स्वाइन फ्लूबाट ११९ बिरामीहरु आएको उनीहरुले बताएका छन् । स्वास्थ्य विभागका कर्मचारीहरु पनि लगातार बिरामीको जाँच गरिरहेका छन् ।

जयपुरको परकोटे इलाकामा स्वास्थ्य विभागको टिम व्यस्त रहेको छ । अहिलेसम्म  त्यहाँ १०६ जनाको मृत्यु भएको छ । झोटवाला, मानसरोवर, मालवीयनगर, सांगानेर, गान्धीनगर, वैशालीनगर र राजा पार्क जस्ता इलाकामा स्वाइन फ्लूको भाइरसबाट सबैभन्दा प्रभावित छन् । जयपुरको झोटवाडा, परकोट, जगतपुरा, फागी र सांगानेरमा स्वाइन फ्लूबाट ५ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य विभागका अनुसार स्वाइन फ्लूको खतराबारे जागरुकता फैल्याउन हरेक कोशिष गरिरहेको बताएका छन् । बिरामीको चाँडै पहिचान र समयमै उपचार गराउनको लागि विभागको कयौँ टिम प्रभावित इलाकामा स्थानीयको जाँच गरिरहेको छ ।
 

एजेन्सी

तपाईँको मत