प्रेरणा

बसन्त पञ्चमीः यो मौसममा शरीरमा निस्कन थाल्दछ ‘हंसमुख’ हार्मोन

सुरक्षा, अनुभव र आफैँप्रति सन्तुष्ट महशुष हुने

काठमाडौँ ।  बसन्त र होलीबीच मौसम परिवर्तनबाट शरीरमा कयौँ परिवर्तन हुने गर्दछ । यसैकारण बढ्ने, घामको किरण बढ्ने, विरुवा हल्लीने र रंग बिरंगी फूलहरु देखिन थाल्दछ जसका कारण शरीरमा हार्मोनको मात्रा बढेर जान्छ भने मूडमा परिवर्तन हुन थाल्दछ ।

भारत एम्सका मनोचिकित्सा विभागका प्रोफेशर डाक्टर नन्द कुमारका अनुसार कयौँ शोधमा यो सावित भइसकेको छ कि चमक बढ्दा शरीरको तापमान, हार्मोनको स्राव, निन्द्रामा अधिक सकारात्मक असर हुने गर्दछ । यो मौसममा सबैभन्दा बढी शुभमुहूर्त पनि हुने गर्दछन् ।

सन्तुष्ट महशुष
दिल्लीका मानव व्यवहार र सम्बन्ध संस्थान (इबहास) का निर्देशक निमेष देसाइका अनुसार सर्दिमा मानिसहरु कम सक्रिय हुने गर्दछन् । यसले उसको शरीरको जीव रासायनिक प्रक्रियामा असर पर्दछ । सर्दिपछि जब बसन्त आउँछ गर्मि हुने गर्दछ । मानिसको लागि सक्रिय हुनु र तापक्रम मिलेपछि शरीरमा सेरोटोनिन हार्मोनको स्राव बढी मात्रामा प्राप्त हुने गर्दछ । यो हार्मोन खुसीको लागि जिम्मेवार छ । यो रसायनको स्राव शरीरमा तब हुन्छ जब हामी आफैँलाई मजबुद् पाउँछौँ । यहिकारण सुरक्षा, अनुभव र आफैँप्रति सन्तुष्ट महशुष हुने गर्दछ ।

दिमागलाई प्रेरित
एम्सका प्रोफेसर नन्द कुमारका अनुसार बसन्तको मौसममा फूलेको विरुवा र वुढो हुँदै गएको गहुँ वा अन्य फलफूल प्रकृतिलाई सप्तरंगी बनाउँछ । यसको पनि असर तन मनमा पर्ने गर्दछ । उनले भने कि दिमागलाई प्रेरित गर्नको लागि कयौँ दवाई र थेरापी दिइने गरिन्छ । यस्तै बसन्तमा उज्यालो, पहेँलो रंगका फूल, पंक्षीका चिरिङचिरिङले दिमागलाई प्रेरित गर्ने काम गर्दछ । यसले मुडलाई अन्य समयभन्दा राम्रो र चंगा बनाउने गर्दछ ।

दुःखको अनुभूति हुन दिँदैन
दिल्लका सरगंगाराम अस्पतालका मनोचिकित्सक डाक्टर राजीव मेहताका अनुसार यस्तो देखाइएको छ कि चिसोपछि बसन्तको छायामा मानिसहरुको सक्रियता बढ्छ । यसले उनको शरीरमा पहिलेको भन्दा एंडोर्फिन हार्मोनको स्राव अधिक हुन थाल्दछ । उनले बताए कि एंडोर्फिन प्राकृतिक दुखाई निवारण गर्ने अचुक हो । यो दुःखाईमा सक्रिय हुने गर्दछ । हामीलाई यसको आवश्यकता हुन्छ ताकि हामी आफ्नो दुःखाईबाट बाहिर निक्लन सक्छ । व्यायाम गर्ने र गतिविधि बढाउनमा यो रसायनको स्राव अधिक हुने गर्दछ । दृढता र उत्साहको लागि यो हार्मोन जरुरी छ ।

उत्साह बढाउँछ 
इबहासका एसोसिएट प्रोफेसर डाक्टर ओमप्रकाशका अनुसार यो मौसममा सबैभन्दा अत्यधिक शुभमुहूर्त मनाइन्छ, जसले गतिविधिमा संलग्न बढेको कारण खुसी भइने गर्दछ । उनले भने कि चिसोमा निन्द्रा र आलस्यताको लागि जिम्मेवार रसायन मेलोटोनिनको स्राव अधिक हुन्छ तर बसन्तमा गर्मिसँगै रंग विरंग देखिनाले यो हार्मोनको स्राव कम हुने गर्दछ ।

शरीर पहिलेभन्दा अझ ठिक
एम्सका मेडिसिन विभागका प्रोफेसर नवल विक्रमका अनुसार मानिसको भिटामिन डी को ९० प्रतिशत आवश्यक पर्दछ । सूर्यको तापले यो कुराको प्राप्ति हुने गर्दछ । भिटामिन डी बाट क्याल्सीयम र फास्फेट जस्ता तत्वहरुको मात्र नियन्त्रित गर्नमा मद्यत मिल्ने गर्दछ । यसले दांत र हड्डि मजबुद बनाउन, शरीरको मेटाबोल्ज्मि राम्रो हुने गर्दछ । बसन्तको आगमनभन्दा पहिले सर्दिको समयमा आलस्य देखिने गर्दछ । लाइभ हिन्दुस्तानकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत