प्रेरणा

माता सरस्वतीको वीणाले संसारलाई दिइन वाणी, जान्नुहोस किन मनाइन्छ बसन्त पञ्चमी

काठमाडौँ । यसपटक माघ २७ अर्थात बसन्त पञ्चमी (सरस्वती पूजा) । यो पर्वलाई बसन्त ऋतु आगमनको रुपमा पनि मनाइन्छ । विद्या र बुद्धिकी देवी माता सरस्वतीको अवतरण दिवसको रुपमा बसन्त पञ्चमी मनाइन्छ । यो अवसरमा विद्यार्थी, लेखक, कवि, गायक, वादक र साहित्य वा कला वा अन्य जगतबाट जोडिएका सबै मानिसहरु सरस्वतीको पूजा गर्दछन् । 

मान्यता यस्ताे छ

पौराणिक मान्यतानुसार माता सरस्वतीको अवतरणको उपलक्षमा बसन्त पञ्चमी मनाउँदै आइएको छ । पुराणमा बताइएको छ कि जगत रचियता ब्रम्हाजी एकपटक भ्रमणमा निक्लिए, सारा ब्रम्हाण्ड सुनशान थियो । यो देखेर उनले सृष्टिको रचनामा केही कमी महशुष गरे ।

भ्रमण गर्दा ब्रम्हाजी एकठाउँ उभिए र आफ्नो कमण्डलुबाट थोरै जल हातमा लिएर छर्के, एक महान ज्योतिपुञ्जमा एक देवी प्रकट भइन् । वीणा लिएकी यीनि देवी माता सरस्वती थिइन् । अनुहारमा अद्भुत उज्यालोले भरिएकी माता सरस्वतीले ब्रम्हाजीलाई प्रणाम गरिन् । यस प्रकार उनी ब्रम्हाजीकी पुत्री कहलिइन् । उनको प्रकटको उत्सवलाई लिएर बसन्त पञ्चमी मनाइन्छ ।

माता सरस्वती प्रकट भएपछि ब्रम्हाजीले यो सृष्टिमा सबै जीव नबोल्ने छन, यीनिहरु हिँडेका त छन तर आपसी संवाद गर्ने सामथ्र्य छैन । यसमा देवी सरस्वतीले उनलाई सोधिन, ‘प्रभु मेरो लागि के आज्ञा छ ?’ ब्रम्हाजीले भने, ‘देवी तिम्रो वीणको सुरबाट यो संसारलाई ध्वनी दिनुछ, ताकि यी सबै आपसमा संवाद गर्न सकुन् । एक-दोस्रोसँग दुःख, सुख बुझ्न सकुन् । स्नेह दिन सकुन् ।’ उनको आज्ञालाई पालन गरेर माता सरस्वतीले समस्त जीवलाई आवाज प्रदान गरिन् ।

सारा संसारलाई ध्वनी प्रदान गर्ने देवी सरस्वतीको पूजा देवाता र राक्षस दुबै गर्दछन् । यो दिन मानिसहरु आफ्नो घरमा माताको प्रतिमा स्थापित गर्दछन् । कयौँ स्कूल, कलेज, समिति र संस्थाहरुमा प्रायः सरस्वतीको पूजा गरिन्छ ।

पूजा यसरी गर्ने

सर्वप्रथम पूजाको थाली र पहेँलो कपडा विछ्याएर माता सरस्वतीको प्रतिमा स्थापित गरिन्छ । यसपछि देवीजीलाई स्नान गर्ने । यसपछि सफा फूल र माला चढाउने । सिन्दुर र श्रृंगारका अन्य वस्तुहरु अर्पण गर्ने । माताको चरणमा रंग लगाउने र उनलाई श्वेत वस्त्र लगाउने । 

माता सरस्वतीको पूजा गरेपछि उनलाई पाकेको फल अर्पित गर्ने । केही घरमा पहेँलो मिठो चामलको पकवान बनाएर उनलाई भोग लगाउने चलन छ । मातालाई पहेँलो रंगको बुनियाँपनि भोग लगाउन सकिन्छ । यसको अलावा साँझ मातालाई खीर चढाउने गरिन्छ । माता सरस्वतीको प्रसाद नजिकका मानिसहरु, आफन्तहरुमा पनि वितरण गर्ने गरिन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत