प्रेरणा

बसन्त पञ्चमी २०७५ः  जान्नुहोस् शुभ मुहूर्त र सरस्वती वन्दनाको पूरा पाठ

बुद्धि र विद्याकी देवी

काठमाडौँ । आज बसन्त पञ्चमीको दिन माता सरस्वतीको विशेष दिन र पूजा हुने गर्दछ । माता सरस्वती नै बुद्धि र विद्याकी देवी हुन् । भनिन्छ जुन छात्रछात्रामा सरस्वतीको कृपा हुन्छ उसको बुद्धि बाँकी छात्रछात्रा भन्दा अलग र प्रखर हुन्छ । यसकारण कुनै विद्यार्थीलाई कुनैपनि विद्या सजिलैसँग प्राप्त हुने गर्दछ । आजको दिन तपाईं शुभ मुहूर्तमा माता सरस्वतीको पूजा गर्न सक्नुहुन्छ र माता सरस्वतीको स्तुति गर्न सक्नुहुन्छ । पूजाको दौरानमा सरस्वती स्तोत्रमको पाठ पनि गर्न सक्नुहुन्छ ।

बसन्त पञ्चमी शुभ मुहूर्त
बसन्त पञ्चमी पूजा मुहूर्तः विहान ६ः५५ देखि मध्यान्न १२ः२७ बजेसम्म ।
पञ्चमी तिथि प्रारम्भः माघ शुक्ल पञ्चमी शनिबार २६ माघ दिउसो १२ः४० बजेबाट सुरु ।
पञ्चमी तिथि समाप्तः आइतबार २७ गते दिउसो २ः०८ बजे सम्म ।

सरस्वती वन्दना

या कुन्देन्दु-तुषारहार-धवला या शुभ्र-वस्त्रावृता 
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। 
या ब्रह्माच्युत शंकर-प्रभृतिभिर्देवैः सदा वन्दिता 
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥ 

शुद्धां ब्रह्मविचार सारपरम- माद्यां जगद्व्यापिनीं 
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌। 
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌ 
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥
 
सरस्वती स्तोत्रम्
 
श्वेतपद्मासना देवि श्वेतपुष्पोपशोभिता। 
श्वेताम्बरधरा नित्या श्वेतगन्धानुलेपना॥ 
श्वेताक्षी शुक्लवस्रा च श्वेतचन्दन चर्चिता। 
वरदा सिद्धगन्धर्वैर्ऋषिभिः स्तुत्यते सदा॥  
स्तोत्रेणानेन तां देवीं जगद्धात्रीं सरस्वतीम्। 
ये स्तुवन्ति त्रिकालेषु सर्वविद्दां लभन्ति ते॥ 
या देवी स्तूत्यते नित्यं ब्रह्मेन्द्रसुरकिन्नरैः। 
सा ममेवास्तु जिव्हाग्रे पद्महस्ता सरस्वती॥ 
॥इति श्रीसरस्वतीस्तोत्रं संपूर्णम्॥ 

गाउँ सहर डेस्क

तपाईँको मत