विश्व

संसारको सबैभन्दा छोटो विवाह, ३ मिनेटमा भयो सम्बन्ध विच्छेद

नयाँ दिल्ली । खाडी देश कुवेतमा एक दुल्हनले विवाह भएको ३ मिनेटपछि सम्बन्ध विच्छेद गरेकी छन् । 

डेली मेलको खबर अनुसार यो विवाह कुवेतकै इतिहासमा सबैभन्दा छोटो विवाह मानिएको छ । 

Q8 News का अनुसार यो जोडी विवाह गर्नको लागि न्यायालय पुगेका थिए । दुबैले खुसीसाथ विवाहको हस्ताक्षर गरे । तर, केही सेकेण्डमै विच्छेदको अवस्थामा पुग्यो । 

विवाह दर्तामा हस्ताक्षर पछि कोर्टबाट बाहिरिएपछि दुल्हन लडिन् । दुलहा सहयोग गर्नको साटो बेवकूफ भनिदिए । केटाको यो हर्कत देखेपछि दुल्हनले सम्बन्ध विच्छेदको फैसला लिएकी थिइन् । दुल्हनले तत्कालै जजसँग विवाहको परामर्श गरेर विवाह तोडेकी थिइन् ।

यो विवाह करिब ३ मिनेटमा सम्बन्ध विच्छेद भएको थियो ।

घटना भएको केहिसमयभित्रै समाचार भाइरल बनेपछि ती महिलाले उत्तरमा लेखेकी थिइन, ‘यदी शुरुवातमै उसको रवैया यस्तो छ, छोड्नु नै ठिक ठानेँ ।’ एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत