प्रेरणा

सफलताको मन्त्रः सपना देख्नुपर्छ, पूरा गर्नको लागि तन र मनबाटै लाग्नुहोस्

From the Grapevine

सपना सबैले देख्ने गर्छौँ, तर पूरा कसैकसैको मात्र पूरा हुन्छ । यस्तो होइन कि सफल मानिसको सपना या इच्छामा केही छुट्टै कुरा हुन्छ । यीनिहरु पनि सामान्य मानिस जस्तै सपना देख्दछन, तर यीनको लगनशिलताले निन्द्रा दिँदैन । यही कारण हो कि यीनिहरु आाफ्नो सपना पूरा गर्ने गर्दछन् । यसको विपरित केही यस्ता मानिसहरु पनि हुन्छन जो सपना चाहिँ देख्दछन तर बिना कोशिष हार मान्ने गर्दछन् । यस्ता मानिसहरु कुनै सही समयको पर्खाइमा, कहिले पैसाको कमी वा जनाकारीको अभावमा रुन थाल्दछन् । यही कुरा आजको हाम्रो कथाभित्र समेटेका छौँ ।

एक शहरमा एक सानो केटा बस्दथ्यो । उसको बुवा शहरको एक धनी मानिसको मा काम गर्दथे । आफ्नो बुवा मालिककोमा गाडी सफा गर्दथे । बुवाले सफाई गरेको देखेर केटाले सोच्थ्यो कि मेरो बुवा यति मेहनत गर्दछन् तर पनि उनलाई मान-सम्मान मिल्दैन, तर मालिकले पाउँदछन् । एकदिन केटाले स्कूलमा शिक्षकले बच्चाबाट एक लेख लेख्न भने, जसमा उनलाई बताउनु थियो कि उ ठूलो भएर के बन्न चाहन्छ ।

त्यो केटाले एकदमै राम्रो लेख लेख्यो र त्यसमा घर र गाडी पनि बनाए । शिक्षकले सबै कापीहरु जाँचेपछि रिजल्ट सुनाए । केटाको कापीमा ठूलो अक्षरले फेल देखिदिए । जब केटाले शिक्षकलाई कारण बुझे, शिक्षकले भने, ‘ठिक हुन्थ्यो तिमीले कुनै सानो लेख लेख्नुपर्थ्याे किनभने तिमीले जो लेख्यौ, त्यो असंभव छ । तिमीहरुसँग केही छैन यस्तो संभव छैन तर म तिमीलाई दोस्रो मौका दिन सक्छु । तिमी लेख दोस्रोपटक लेख र कुनै वास्तविक लक्ष्य बनाउ ।’

केटो त्यो कापी बोकेर घर गयो र त्यसमा सोच्न थाल्यो । अर्को दिन उनै शिक्षकको नजिक गएर बोल्यो, ‘यदी तपाइँ मलाई फेल गर्न चाहनुहुन्छ भने गर्नुहोस् तर म आफ्नो सपना बदल्न सक्दिन ।’

बीस वर्षपछि उनै शिक्षक एक सम्मेलनमा मञ्चमा उभिएका एक प्रतिभावान युवाको भाषणमा उनी केन्द्रित थिए । भाषण सकिएपछि युवा मञ्च तल आए, उसले शिक्षकको खुट्टा समाए र आफ्नो परिचय दिए । उनी त्यही सानो केटा रहेछन् जसलाई शिक्षकले फेल गरेका थिए । आज उनी एक परिचित र सफल बिजनेशम्यान बनिसकेछन् । उनीसित सब कुरा थिए जुन उनको बल्यकालमा आफ्नो लेखमा लेखिएको थियो ।

यो कथाबाट हामीले के सिक्ने ?
यो जरुरी छैन कि कोही मानिस तपाइँभन्दा ठूलो या समझदार हुन्छ, उ तपाइँलाई सबै तरिकाले जान्दछ या तपाइँको ताकत र कमजोरीलाई पहिचान गर्न सक्छ । केवल तपाइँ आफैँ क्षमतालाई पहिचान गर्न सक्नुहुन्छ । सपना देख्न र त्यसलाई पूरा गर्नको लागि सोही बाटोमा हिँड्नुहोस् ।

बाटोमा कयौँ तरिकाका दुःखहरु आउँछन्, तर त्यसलाई पार गर्दै जो व्यक्ति अगाडि बढ्छ, अन्त्यमा उ प्राप्तिको चरणमा पुग्छ-पुग्छ । यस्तो अवस्थामा आफ्नो दुःखमा रुने भन्दापनि थप उर्जाका साथ लगाव दिएर अगाडि बढ्न सके सपना पूरा नहुने कुरै हुँदैन, बस खाँचो छ लगनशिलताको । 
 

गाउँ सहर डेस्क

तपाईँको मत