मानव संशाधन

विश्व क्यान्सर दिवस, २०१९ः महिलामा यी ७ संकेत देखिए तुरुन्त जँचाउनुहोस्

वर्सेनि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु

lifealth.com

काठमाडाैँ । आज विश्व क्यान्सर दिवस । देश तथा विदेशमा विभिन्न चेतनामूलक कार्यक्रमहरू गरि मनाइँदै/मनाइएकाे छ । कारण वा अकारण राेगमाथिकाे हेलचेक्राइँले क्यान्सरलाइ निम्ताे दिइरहेकाे हुन्छ । याे मामलामा सबैकाे सावधानी उत्तिकै आवश्यक छ ।

अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका याे समयमा वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यान्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।

खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका राेगी बढ्दै गएका छन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको स्वास्थ्य संस्थाहरूकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक विभागसँग छ । तसर्थ, थाेरैमात्र हेलचेक्राइँ जीवनकाे लागि घातक बन्न सक्छ । यसकारण, सावधान ! यी कुराहरूमा विचार पुर्याउनुहाेस् ।

 

  1. पाखुराको मुनी वा छातीमा दुखाइसहितको गाँठो महशुष भए हेलचेक्राइँ नगर्नुहोस् । विना कारण दुख्ने वा छाला पाक्यो भने डाक्टरसँग तुरुन्त जाँच गराउनुहोस ।
  2. महिलामा हुने मिन्सट्रुएशन बाहेक अकारण रगत आएमा गम्भीर बन्नुहोस् ।
  3. तल्लो पेटमा भारी महशुष भए वा आंतसँग जोडिएका दुःखाइ पटक पटक दोहोरिए तुरुन्त डाक्टरसँग परामर्श लिनुहोस् ।
  4. मलद्वारमा रगत आए वा पिसावमा रगत देखापरे डाक्टरसँग जाँच गराइहाल्नुहोस् ।
  5. गालामा फोका वा मुखभित्र छालाको अवस्था ठिक नभएमा डाक्टरको सल्लाह लिनुहोस् । यसको अलावा अकारण आवाजमा परिवर्तन पनि राम्रो संकेत होइन ।
  6. खानापिनाको चिजमा निल्नमा दुःखाई पनि ठिक होइन । लामो समयसम्म कफको समस्या हो या बिनाकारण श्वास फूल्ने अवस्थालाई पनि सामान्य नलिनुहोस् ।
  7. भोक नलाग्नु, बिनाकारण तौल घट्नु, थकान महशुष हुनु, लामो समय रुघाखोकी आइरहने कुरालाई पनि सामान्य रुपमा नलिनुहोस् । एजेन्सीको सहयोगमा 
     

गाउँ सहर डेस्क

तपाईँको मत