दृष्‍टिकोण

२५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि

“७४ लाख २५ हजार जनता”

नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् ।

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागको ‘पोभर्टी एन्ड एक्सक्लुजन इन नेपाल’ नामक सर्भेले गरेकाे ताजा अध्ययनले पहाडमा ९.१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४.७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२.४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०.२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार चरम गरिबीको रेखामुनि छन् । यसरी देशभरका ४० लाखमध्ये १७ लाख १७ हजार अर्थात् ४२ प्रतिशत दलित चरम गरिब छन् ।

संस्थाकाे अध्ययननुसार नेपालमा चरम गरिब परिवार : २५.२%, तर, चरम गरिब दलित : ४१%, पहाडी ब्राह्मण १०.२%, पहाडी क्षेत्री २४%, पहाडी दलित ४२.४%, मधेसी ब्राह्मण-क्षेत्री १८.९%, र मधेसी दलित ४०.२% रहेकाे बताएकाे छ ।

यस्तै नेपालको औसत साक्षरता : ६५%, तर, दलितको साक्षरता : ४३%, पहाडी ब्राह्मण : ७७.६%, पहाडी क्षेत्री : ६६.५%, पहाडी दलित : ५१.८%, मधेसी ब्राह्मण-क्षेत्री : ८०%, र मधेसी दलित : २२.८% साक्षर छन् । 

सर्भे प्रतिवेदनमा नेपालको औसत भर्नादर : १०२.०% रहेकाे बताइएकाे छ । जसमाः (सामान्यतया ५ देखि १२ वर्षसम्मका बालबालिका भर्ना हुने अपेक्षा गरिन्छ, तर पाँच वर्षभन्दा मुनि वा १२ वर्षभन्दा माथिका बालबालिका भर्ना हुँदा प्रतिशत १०० नाघेको छ ।) यसमा  पहाडी ब्राह्मण : १०७.५%, पहाडी क्षेत्री : १०९.३%, मधेसी ब्राह्मण-क्षेत्री  :९७.५%, पहाडी दलित : ११०.२%, र मधेसी दलित : ७०.१% रहेकाे छ ।

स्नातक वा सोभन्दा माथिको कुल भर्नादर काे प्रतिशतमा ७.७% रहेकाे उल्लेख छ । जसमाः पहाडी ब्राह्मण : २१.६%, पहाडी क्षेत्री : ७.९%, पहाडी दलित : १.२%, मधेसी ब्राह्मण/क्षेत्री : २७.३%, र मधेसी दलित : १.२% रहेकाे छ । 

सर्भेकाे नतिजामा व्यवस्थित घरमा नेपालको जनसंख्या : २८% रहेकाे तर, व्यवस्थित घरमा बस्ने दलित : ११%, पहाडी ब्राह्मण ४३.६ प्रतिशत, पहाडी क्षेत्री २६.८ प्रतिशत, पहाडी दलित ११.६ प्रतिशत, मधेसी ब्राह्मण-क्षेत्री ५७.८ प्रतिशत र मधेसी दलित ११.१ प्रतिशत रहेकाे उल्लेख छ ।

पछिल्लाे याेजना आयाेग र अक्सफाेर्ड विश्वविद्यालयकाे प्रतिवेदनमा भने गरिबीकाे प्रतिशत यस्ताे थियाेः

प्रदेश १
यो प्रदेशमा ९ लाख नागरिक गरिब छन् । जुन कुल गरिब नेपालीको संख्यामध्ये १२ प्रतिशत हुन आउँछ । यो प्रदेशमा नेपालको कुल जनसंख्याको १७.६ प्रतिशतको बसोबास रहेको छ ।
प्रदेश २
यो प्रदेशमा कुल जनसंख्याको करिब आधा अर्थात ४७.९ प्रतिशत नागरिक गरिब छन् । यहाँ करिब २५ लाख नागरिक गरिब रहेको देखिन्छ । कुल गरिब नेपालीमध्ये ३५ प्रतिशत यति प्रदेशमा रहेका छन् ।
प्रदेश ३
यो प्रदेशमा सबै भन्दा थोरै गरिबहरुको बसोबास रहेको छ । प्रदेश ३ का १२ प्रतिशत अर्थात ६ लाख ७५ हजार नागरिक गरिब छन् । कुल गरिबको ९ प्रतिशत हिस्सा यो प्रदेशमा भेटिन्छन् ।
प्रदेश ४
यो प्रदेशमा १४.२ प्रतिशत अर्थात ३ लाख ४० हजार नागरिक गरिब छन् । जुन कुल गरिबको ४.६ प्रतिशत मात्रै हुन आउँछ ।
गण्डकी प्रदेश 
यो प्रदेशका २९.९ प्रतिशत नागरिक गरिब छन् । यहाँका १५ लाख नागरिक गरिब रहेको अध्ययनले देखाउँछ । यो कुल गरिब नेपालीको १९.७ प्रतिशत हिस्सा हुन आउँछ ।
कर्णाली प्रदेश
यो प्रदेशमा ५१.२ प्रतिशत नागरिक गरिब छन् । करिब १२ लाख जनसंख्या भएको याे प्रदेशमा ६ लाख नागरिक नै गरिब रहेको देखिन्छ । कुल गरिबको ८.१ प्रतिशत मानिस यहाँ बसोबास गर्छन् ।
सुदूर पश्चिम प्रदेश 
यो प्रदेशमा ३३.५६ प्रतिशत मानिस गरिब छन् । यहाँका ८ लाख ५० हजार मानिस गरिब देखिएका हुन् । जुन कुल गरिबहरुको ११.६ प्रतिशत हुन आउँछ ।

राष्ट्रिय योजना आयोगले २०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत जनता गरिब रहेकाे बताएकाे छ ।

पछिल्लाे भूकम्प पश्चात २० लाख बढी गरिबहरू थपिएका थिए । अघिल्ला तथ्यांकले गरिबी २१ प्रतिशतकाे हाराहारीमा देखाएका थिए । तर पछिल्लाे विश्विवद्यालयकाे नयाँ अनुसन्धानले झण्डै गरिबीकाे प्रतिशत २५ नाघेकाे देखाएकाे छ । यसरी हेर्दा तथ्यांकमा गरिबी घटेपनि साेनुसारकाे नदेखिएकाे उप-प्राध्यापक डा. रत्नमणी नेपालले बताए ।

गाउँ सहर डेस्क

तपाईँको मत