प्रेरणा

यस्तो समाचार, सुन्दा मात्रैपनि “खुसीले आँशु झर्छ!”

साधारण सभामा राउटेदेखि मुसहरसम्म सम्मानित्

काठमाडाैँ । मदन सिंह राउटेले सम्मान पाउँछु भन्ने सोचेका थिएनन्, तर उनी उत्कृष्ट किसान बने । हाम्रो समाज यतिविघ्न आधुनिक बन्दै गयो कि कृषि प्रधान मुलूक भनिएपनि कृषि, कृषक, वीउ, उत्पादन अनि नसोचेको सम्मान समुन्द्रपारिको कथा बनेको छ । यही समयमा पनि एउटा हैन सीपको अधिकतम् उपयोगकर्ता धेरै किसानहरू आज सम्मानित भएका छन् । यो भन्दा देशमा खुसीको अरू कुनै कुरा हुन सक्छ र ?

बेकृषक र रहरे किसानलाई याे हाँसाेकाे समाचारपनि हुनसक्छ । तर धरातल यहि हाे देशकाे ।

यो समाचार तयार पार्दा जो डेक्समा थिए, साँच्चै नै आंशु झारे, स्तव्ध भए । सम्झँदा सानो कुरा, तर हलो, कृषकका व्यथामा अधिक कलम चलाउनेको लागि यो भन्दा खुसी र सुखद समाचार सायदै नहोला । 

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले आफ्नो ११ औँ साधारण सभाका अवसरमा शिर्षा साना किसान कृषि सहकारी संस्थाका सदस्य मदन सिंह राउटेलाई उत्कृष्ट किसानका रुपमा सम्मान गरेको छ । 

बिहिबार सम्पन्न भएको साधारण सभाका अवसरमा जंगलमा बस्दै आएका राउटे समुदायलाई शिर्षा साना किसान कृषि सहकारीले अहिले आयआर्जनका काममा संलग्न गराउँदै आएको छ । पुरस्कृत हुने राउटेले बाख्रा र कुखुरा पालन गर्दै आएका छन् । 

यसैगरी संघले लाटिकोइली, सुर्खेतका छबीलाल खड्कालाई पनि उत्कृष्ट किसानका रुपमा सम्मान गरेको छ । नेपालमै च्याउको वीउ उत्पादन गर्ने युवा किसान दुलारी, मोरङ्गका सरोज नेपाललाई पनि संघले सम्मान गरेको छ । 

साना किसान कृषि सहकारी संस्था मार्फत महको व्यवसाय गर्दै आएका मकवानपुरको काँकडाका दिपनप्रजा ९चेपाङ० पनि यस वर्ष उत्कृष्ट किसान बन्नेका छन् । इनर्वासिरा बारा साना किसान कृषि सहकारी संस्थाकी सदस्य सबरा खातुन यस वर्ष उत्कृष्ट किसान वन्न सफल भएकी छन् । उनले गाई भैंसी र बाख्रा पालन गरिरहेकी छन् । 

यसैगरी कुनै समय मुसा मारेर खाने जाती पविता देवीमुसहर अहिले बाख्रा पालेर राम्रो आम्दानी गर्न सफल भएकी छन् । रघुनाथपुर धनुषा साना किसान कृषि सहकारी संस्थाकी सदस्य उनलाई पनि यस वर्षको उत्कृष्ट किसान पुरस्कार प्रदान गरिएको छ । 

गाई भैंसीपालन र तरकारी खेति गरिरहेका पदरिया, सिराहाका सदस्य दिनेश शाह पनि उत्कृष्ट किसानका रुपमा सम्मानीत भएका छन् । उत्कृष्ट किसानहरुलाई अर्थ मन्त्री डा युवराज खतिवडाले प्रशंसा पत्र र नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरे । 

संस्थाले सानाकिसान कृषि सहकारी सस्ंथा लिमिटेड गुमी सुर्खेतकी प्रवन्धक दिपा राना, सानाकिसान कृषि सहकारी सस्ंथा लिमिटेड रघुनाथपूर धनुषाका प्रवन्धक दिपनारायण पुर्वे र सानाकिसान कृषि सहकारी सस्ंथा लिमिटेड महारानीझोडा झापाका प्रवन्धक चिरन्जीबि भण्डारीलाई पनि सम्मान गरिएको थियो । 

गाउँ सहर डेस्क

तपाईँको मत