स्वास्थ्य

स्वाईन फ्लूः थोरैपनि लापरवाही खतरनाक, सही उपचारमा नगर्नुहोस ढिलाई

पटक-पटक, अलग-अलग ढंगबाट देखापर्ने

काठमाडौँ । फेरी स्वाईन फ्लूको डर देश तथा विदेशमा सुरू भएकाे छ । भारत तथा नेपालमा पनि मौसममा आएको परिवर्तनसँगै स्वाईन फ्लू बढ्न थालेको छ । तसर्थपनि यसको डर भन्दापनि ज्यानलिने यो बिरामीबाट बच्ने तरिका महत्वपूर्ण छ ।

कयौँ अन्य फ्लू जस्तै स्वाइन फ्लूमा पनि नाकबाट पानी आउनु, पटक-पटक हाच्छिउँ आउनु, कफ बस्नु, गला खराब, शरीरमा दुःखाई आदि लक्षण देखिन्छ । यस्तो अवस्थामा बढी सतर्क रहनु अपरिहार्य छ ।

सन् २००९ मा विश्व स्वास्थ्य संगठन (डब्लू एच ओ) ले यो महामारी पहिचान गरेको थियो । यसका वावजूद यो विद्याका चिकित्सक भन्छन कि यदी समय रहँदै स्वाइन फ्लूको लक्षण पहिचान गरियो भने केही जरुरी परीक्षणसँगै तुरुन्त उपचारको प्रक्रिया सुरु गरिए गम्भीर स्थितिबाट बच्न सकिन्छ । पहिले बाटै कुनै बिरामी लामो समय ग्रस्त व्यक्ति वा जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ वा गर्भवती महिलामा स्वाइन फ्लूले चाँडै आक्रमण गर्न सक्छ ।

के हो स्वाइन फ्लू ?
यो स्वास सम्बन्धी एक रोग हो । यो संक्रमणको माध्यमबाट फैलने गर्दछ र सामान्यतयाः सुँगुरमा पाइन्छ । पश्चिमा देशबाट फैलिएको यो रोग आज जलवायु परिवर्तनका कारण संसारभर तेजसँग फैलिइरहेको छ । यस रोगको टाइप ‘ए’ इन्फ्लूएंजा भाइरस एच वान एन वान हो । जसको खोज सबैभन्दा पहिले सन् १९३० मा गरिएको थियो । यो भाइरस हावाको माध्यमबाट हाम्रो वातावरणमा फैलने गर्दछ । यसको सुरुवाती लक्षण भनेको रुघाखोकी देखिन्छ । कुनै ठोस स्थानमा एच वान एन वान भाइरस २४ घण्टासम्म जीवित रहन सक्दछ । तर कुनै तरल स्थानमा भने केवल २० मिनेटमात्र रहन्छ ।

कसरी फैलन्छ ?
स्वाइन फ्लू भाइरस विभिन्न जनावर र पंक्षिमा प्रविष्ट भएर उनीहरुलाई संक्रमित गराउँछ । मानिसको शरीरमा यो भाइरस धेरै कम देखिन्छ । मानिसमा एच वान एन वान भाइरस सुँगुरको सम्पर्कका कारणबाट हुन्छ । यसको अलावा यदी सुँगुरको मासुलाई ठिकसँग पकाएर खाइएन भने यसको भाइरस फैलन सक्छ । एच वान एन वानको अलवा अन्य प्रतिरुपमा एच वान एन टू, एच थ्रि एन वान आदि समावेश छन् ।

यहाँ ध्यान दिने कुरा यो छ कि पंक्षी इन्फ्लूएंजा, मानव इन्फ्लूएंजा र सुँगुर इन्फ्लूएंजा यी तीन प्रकारबाट इन्फ्लूएंजा आपसमा मिलेर पटक-पटक, अलग-अलग ढंगबाट देखा पर्ने गर्दछ । यो विषाणुको कारण सुँगुरमा व्यक्ति जब यो भाइरसको चपेटामा पर्छ उसले हाच्छीउँ गर्ने, खसखस गर्नाले आसपास भएका मानिसमा यो भाइरसले आफ्नो शिकार बनाउँछ । संक्रमित व्यक्तिद्वारा दराज, ढोका, फोन, किबोर्ड, रिमोट कन्ट्रोल जस्ता जुनसुकै समयमा प्रयोग गरिने साधनबाट भाइरस तेजसँग फैलन सक्छ । लाइभ हिन्दुस्तानको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत