स्वास्थ्य

भूल्नुहोस् कण्डम, अब एक बटनबाट अन-अफ हुन्छ तपाईंको स्पर्म

सेक्सको समय यदी तपाईं अनिच्चा गर्भबाट बच्न चाहनुहुन्छ भने महिलाहरुको लागि यसका कयौँ उपायहरु बाँकी छन् । यसमा फिमेल कण्डमदेखि गर्भनिरोधक चक्कीसम्म रहेका छन् । तर पुरुषको कुरा गर्यो भने उसँग केबल कण्डममात्र विकल्प रहेको छ ।

कयौँ पुरुष मान्छन कि कण्डमबाट सेक्सको मज्जा नै हुँदैन । यस्तो अवस्थामा नचाहँदा नचाहँदै पनि पुरुषले मजबुरीमा कण्डमको प्रयोग गरिरहेका छन् । यही समस्या भोगिरहेका पुरुषहरुको लागि यो समाचार खुसीको खबर हुन सक्छ ।

लामो अनुसन्धानपछि शोधकर्ताहरुले पुरुषको लागि गर्भनिरोधको औषधी बनाउन लागिपरेका छन् । तर यो अनुसन्धानमा महत्वपूर्ण पाटोमा सफलता हासिल नभएकै कारण उत्पादन हुन सकेको छैन । तर रिपोर्टका अनुसार चाँडै नै पुरुषको लागि बजारमा एक नयाँ प्रविधि उपलब्ध हुनेछ । यो चमत्कारको माध्यमबाट पुरुषको शरीरमा एक स्वित लगाइन्छ, जसको माध्यमबाट स्पर्मलाई अन या अफ गर्न सकिनेछ । यो स्विचले स्पर्म नलीलाई रोक्ने र खोल्ने गर्न सक्षम हुनेछ ।

तपाईंलाई बताउँ कि यदी यस्तो प्रविधि आयो भने बिल गेट्स फाउन्डेशनको लागि जोडदारको झट्का हुनेछ । माइक्रोसफ्टका फाउण्डर बिल गेट्सले यस्तो प्रविधिको लागि अधिक रकम लगानी गरेका थिए । तर यो अध्ययन उनको लागि भारी पर्नसक्ने देखिन्छ । यसमा ८३ पुरुषहरुले गर्भनिरोधक औषधीमा भरोषा गरेका थिए । नवभारत टाइम्सको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत